फुटबल लिजेन्ड पीके ब्यानर्जीको निधन

कोलकाता : भारतीय फुटबल जगतका नक्षत्र पीके ब्यानर्जीको आज 83 वर्षको उमेरमा निधन भयो। पारिवारिक सूत्रमार्फत् थाहा लागेअनुसार विभिन्न रोगहरूले ग्रस्त भएपछि तिनलाई गत 2 हप्ता अघिदेखि यहाँको एउटा अस्पतालमा आईसीयुमा राखेर उपचार चलिरहेको थियो। तिनी अधिक उमेर पुग्नको साथै विभिन्न रोगहरू लागेपछि केही समय अघिदेखि तिनी बिरामी अवस्थामा थिए। स्मरण रहोस्, सन् 1962-को एसियन गेम्स् अन्तर्गत फुटबल खेलमा भारतीय टोलीको तर्फबाट तिनले छिराएको एक मात्र दर्शनीय गोलले गर्दा नै भारतले एसियन गेम्स्‌मा स्वर्ण पदक हत्याएको थियो भने तिनले देशको राष्ट्रिय टोलीको तर्फबाट दुईपल्ट ओलम्पिक गेम्स तथा अन्य थुप्रै प्रतिष्ठित खेलहरूमा अंश ग्रहण गरेर उत्कृष्ट खेलको प्रदर्शन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *