जलदापाड़ा नेशनल पार्कमा आगलागी

अलीपुरद्वार : अलीपुरद्वार जिल्लाको जलदापाड़ा ईस्ट रेञ्ज अन्तर्गत राष्ट्रीय उद्यानमा सोमबार राति आगलागीको घटना घटेको समाचार प्राप्त भएको छ। घटनाको खबर पाएर तत्कालै वन कर्मीहरू घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याइएको बताइएको छ। तथापी, उक्त आगलागी के कारणले भएको हो भन्नेबारे हालसम्म थाहा नलागेको बताइएको छ। समयमै आगोलाई नियन्त्रणमा ल्याउन सकिएकोले गर्दा नै कुनै ठूलो घटना हुन सक्नेबाट जोगिएको वन विभाग सूत्रले जनाएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *