खरसाङ (निसं) : गोर्खा सांस्कृतिक संस्थान खरसाङको तत्त्वावधानमा आयोजित तीन दिवसीय नेपाली नयाँ वर्ष सांस्कृतिक समारोहको अन्तिम दिन आइतबारको पहिलो सत्रमा कविता प्रतियोगिता साथै निबन्ध वाचनको कार्यक्रम सम्पन्न भएको छ। गत 14 अप्रेलदेखि शुरु भएको नेपाली नयाँ वर्ष सांस्कृतिक महोत्सवको तेस्रो विविध सांगीतिक र सांस्कृतिक कार्यक्रमहरू पनि सम्पन्न गरिएको थियो। तेस्रो दिनको पहिलो सत्रमा महाविद्यालय स्तरीय कविता प्रतियोगिता आयोजना गरिएको थियो। उक्त कविता प्रतियोगिताको विषय नेपाली संस्कृति रहेको थियो भने विद्यार्थीहरूले तीनवटा भाषाहरू क्रमैले नेपाली, हिन्दी र अंग्रेजीमा कविता वाचन गरेका थिए। यस अवसरमा अंग्रेजी भाषामा सशांक दुदानी प्रथम र दोस्रो अश्विनसिंह भएका थिए। त्यसरी नै हिन्दी भाषामा नेहाकुमारी ठाकुर प्रथम भएका थिए भने नेपाली भाषामा छोईसंग लामा प्रथम, अनुपमा शर्मा दोस्रो र केवल सेञ्चुरी तेस्रो भएका थिए। उक्त कविता प्रतियोगितामा निर्णायकको रुपमा सञ्जीव छेत्री, उषाकिरण सत्यदर्शी, दिपाली राई र प्रफुल्ल लामा रहेका थिए। त्यसरी नै कार्यक्रममा पञ्चायतीराज विषयमा निबन्ध वाचनको कार्यक्रम राखिएको थियो जसमा अशोक चौरासिया, पी लक्की शेर्पा र सन्तोषराज छेत्रीले भाग लिएका थिए। यस सत्रको कार्यक्रममा प्रमुख अतिथिको रुपमा साहित्यकार एवम् देवकोटा संघ सिलगढीको सचिव पीटी यल्मो उपस्थित रहेका थिए। मुख्य अतिथिको रूपमा आफ्नो सम्बोधन राख्दै पीटी यल्मोले गोर्खा सांस्कृतिक संस्थान खरसाङले लामो समयदेखि नेपाली संस्कृतिलाई जगेरा गर्न र संरक्षणमा सक्रिय कार्य गरिरहेको बताएका छन्। उनले कार्यक्रममा विद्यार्थीहरूका सहभागिता बेसी हुनु पर्ने बताउँदै हामीले नेपाली संस्कृति जगेरा गर्नलाई सबैले साथ दिनु पर्ने आवश्यकतामाथि जोड़ दिएका छन् । कार्यक्रममा समाजसेवी तिलक शर्मा, सभासद श्याम शेर्पा, साहित्यकार ग्याल्पो लामा, सुदर्शन प्रधान अम्बटे लगायत अन्यहरू उपस्थित रहेका थिए।
खरसाङमा कविता प्रतियोगिता साथै निबन्ध वाचन कार्यक्रम

Share this story
More from General
Generalखोरीबारीमा भयानक दुर्घटना, लरीले किच्चाएर व्यवसायीको मृत्यु
खोरीबारी, 10 मई : घर फर्कीरहेको समय एकजना व्यवसायीको भयावह सडक दुर्घटनामा मृत्यु भएको छ। उक्त घटनाले खोरीबारीको पानिट्याङकी नजिकै क्वाटर मोड, एशियन हाईवे 2 क्षेत्रलाई स्तब्ध बनाएको छ। मृतकको नाम बिश्वजीत दास (45) हो, उनी नक्सलबारीको रथखोला निवासी थिए। स्थानीय सूत्र अनुसार, शुक्रबार राति पानीट्याङकीबाट बाइकमा सवार भएर आफ्नो घर फर्कीरहेको समय बिश्वजीत दासको विपरित दिशाबाट आइरहेको एउटा लरीले…
Generalनक्सलबारीको रथखोलामा ट्र्याक्टर र बाइक ठोक्किँदा 3 जना गम्भीर घाइते
खोरीबारी, 2 अप्रेल (निसं): नक्सलबारीको रथखोलामा ट्र्याक्टर र बाइक ठोक्किँदा 3 जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, खोरीबारीको बुरागञ्जबाट एउटा बाइकमा तीन जना सवार भएर नक्सलबारीतर्फ गइरहेको समय विपरीत दिशाबाट आरहेको बालूवा बोकेको ट्र्याक्टर सोझै ठोक्कियो। यस घटनामा बाइकमा सवार 3 जना गम्भीर घाइते भएका छन्। घटनापछि तुरुन्तै घाइते बाइक सवारलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा पठाइयो। पछि, उनीहरूको अवस्था…
Generalदुधेबाट वनभोज खेलेर फर्किरहेको मालदाको बस दुर्घटनाग्रस्त, 5 घाइते
सिलगढी, 13 जनवरी: दुधेबाट वनभोज खाएर फर्किरहेको समय मालदाको वनभोज खेल्न आएको गाडी गाडीधुराको बुढीपाइ क्षेत्रमा दुर्घटनामा पऱ्यो। आइतबार साँझमा भएको उक्त दुर्घटनामा 5 जना घाइते भएका छन्, जसलाई उपचारको लागि सुकुना हस्पिटलमा लगियो। जानकारी अनुसार मादलाबाट वनभोज खेल्न आएको एउटा दल दुधे खोलाको बगरमा बनभोज खेलेर साँझमा फर्किरहेको समय बसको चालकले नियन्त्रण गुमाइ पठाएपछि अचानक पल्टियो। भाग्यवश, दुर्घटनामा कसैको…
Generalसिलगढी समरनगरको सूर्य मन्दिरमा श्रद्धालुहरूको भीड
सिलगढी, 8 नोभेम्बर: सिलगढीमा शान्तिपूर्ण ढंगमा सम्पन्न भयो छठ पूजा। छठ पूजाको अन्तिम दिन आज सिलगढीमा अवस्थित उत्तर बंगालको एकमात्र सूर्य मन्दिरमा श्रद्धालुहरूको निक्कै भीड देखियो। सिलगढीको 46 नम्बर वार्डको समरनगर क्षेत्रमा अवस्थित गीता देवी घाटमा सूर्य मन्दिर छ। हरेक वर्ष झैँ यस वर्ष पनि यहाँ धूमधामको साथ छठ पूजाको आयोजना गरियो। यस दिन बिहान सूर्य मन्दिरमा पूजापाठ गर्न आउने…
