रानीडाङ्गाको क्यान्सर अस्पतालमा होली पर्व पालन

सिलगढी : संयुक्त मानव अनि सामजिक विकास संगठनका सदस्यहरूले सोमबार रानीडाङ्गाको मेडिका क्यान्सर अस्पतालमा होली पर्व मनाए। संगठनका सदस्यहरूले क्यान्सर जस्तो प्राण घातक रोगसँग जुझिरहेका रोगीहरूलाई अबीर नभएर ग्रीटिङ कार्ड अनि मिठाई वितरण गरेर पालन गरे। संयुक्त मानव अनि सामाजिक विकास संगठन सिलगढी स्थित एउटा गैर-सरकारी संगठन हो। उक्त संगठनले वर्ष भरिनै विभिन्न सामाजिक कार्यहरू सहित अन्य गतिविधिहरूको आयोजना गर्दै आइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *