सबै शैक्षिक संस्थानहरू 16 देखि 31 मार्चसम्म विदाको घोषणा

कोलकाता : हाल विश्वभरि माहामारीको रूप लिएको नोभेल कोरोना भाइरस (कोभिड-19)-लाई ध्यानमा राखेर यसको सङ्क्रमणबाट बाँच्नको लागि पश्चिम बङ्गाल राज्य सरकारले सबै सरकारी तथा गैर सरकारी शैक्षिक संस्थान, नीजि स्कुलहरूलगायत सबै स्कुल-कलेज, विश्वविद्यालय, मदरसा, एसएसके, एमएसके आउँदो 16 मार्चदेखि आगामी 31 मार्च 2020 सम्मको लागि बन्द राख्ने घोषणा गरेको छ।


यसैले गर्दा उक्त मिति अवधिमा भएको कुनै पनि शैक्षिक संस्थानहरूको नीजि परीक्षाहरू रद्द गरिने राज्य सरकारले निर्देश दिएको छ। यसबाहेक सबै पूर्व निर्धारित बोर्ड परीक्षाहरू सुचारू रूपले सञ्चालन गरिने भएको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *