नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत गरिएको छैन, यसको साथै अस्पतालमा बिरामीहरूको लागि प्रतिक्षालय भए पनि उनीहरूले यसको प्रयोग गर्न सकिरहेका छैनन्। यी सबै गुनासोलाई लिएर नक्सलबारी मण्डल भाजपाको तर्फबाट आज विरोध प्रदर्शनको आयोजना गरियो। यस सन्दर्भमा, नक्सलबारी मण्डल भाजपा अध्यक्षले भने, ब्लक स्वास्थ्य अधिकारी आफै पनि ठीकसँग काममा आउने गर्दैनन्। उनले चाँडो सेवा सुधार्न पर्छ भन्ने हामीले माग गरेका छौ।
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन

Share this story
More from Political News
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
Political Newsदार्जिलिङ जिल्ला भाजपा अल्पसंख्यक उपाध्यक्ष सराफद अलि अनि महासचिव तनजील तृणमूलमा सामेल
खरसाङ (निसं) : दार्जिलिङ जिल्ला भाजपा अल्पसंख्यक उपाध्यक्ष सराफद अलि अनि महासचिव तनजील अहमद भाजपा पार्टी त्यागेर तृणमूल काङ्ग्रेसमा सामेल भएका छन्। दुवैले आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर झूटो आशा देखाएर जनतालाई लटाउने काम मात्र गरिरहेको अनि साहुलियतको नाममा जुमलाबाजी मात्र गरेर जनता लटाउने काम गरिरहेको छ भन्ने दुवैले आरोप लगाएका छन्। उनीहरूले यस्तो झूटो सपना देखाउने पार्टीले जनताको कुनै…
