विश्वविद्यालयको दीक्षान्त समारोहमा निमन्त्रणा नदिएकोमा राज्यपालको ट्वीट

कुचबिहार: कुचबिहार पञ्चानन वर्मा विश्वविद्यालयको दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति तथा राज्यपाल जगदीप धनकरलाई निमन्त्रणा नगरेको आरोप लगाउँदै तिनले ट्विटरमा ट्वीट गरेका छन्। स्मरण रहोस, कुचबिहार पञ्चानन वर्मा विश्वविद्यालयको दीक्षान्त समारोह आगामी 14 फरवरीदेखि आरम्भ हुने भएको छ। उक्त समारोहमा राज्यका मन्त्री पार्थ च्याटर्जी, गौतम देव, रवीन्द्रनाथ घोष अनि बिनय कृष्ण बर्मनलाई आमन्त्रित गरिएको बताइएको छ। यसको साथै कार्यक्रमको निमन्त्रणा पत्रमा समेत कुलाधिपतिको नाम उल्लेख गरिएको छैन्। यस विषयमा पञ्चानन वर्मा विश्वविद्यालयका उपकुलपति डा. देवकुमार मुखर्जीले आफुहरूले विधि अनुसारनै निमन्त्रणा गरिएको दावी गरेका छन्। कुलपतिबाट कुनै प्रकारको सन्देश प्राप्त नभएपछि नै निमन्त्रणा पत्रमा समेत तिनको नाम उल्लेख नगरिएको उपकुलपति डा. देवकुमारले बताएका छन्। कार्यक्रममा यदि तिनी आए स्वागत जनाइने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *