कुचबिहार: कुचबिहार पञ्चानन वर्मा विश्वविद्यालयको दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति तथा राज्यपाल जगदीप धनकरलाई निमन्त्रणा नगरेको आरोप लगाउँदै तिनले ट्विटरमा ट्वीट गरेका छन्। स्मरण रहोस, कुचबिहार पञ्चानन वर्मा विश्वविद्यालयको दीक्षान्त समारोह आगामी 14 फरवरीदेखि आरम्भ हुने भएको छ। उक्त समारोहमा राज्यका मन्त्री पार्थ च्याटर्जी, गौतम देव, रवीन्द्रनाथ घोष अनि बिनय कृष्ण बर्मनलाई आमन्त्रित गरिएको बताइएको छ। यसको साथै कार्यक्रमको निमन्त्रणा पत्रमा समेत कुलाधिपतिको नाम उल्लेख गरिएको छैन्। यस विषयमा पञ्चानन वर्मा विश्वविद्यालयका उपकुलपति डा. देवकुमार मुखर्जीले आफुहरूले विधि अनुसारनै निमन्त्रणा गरिएको दावी गरेका छन्। कुलपतिबाट कुनै प्रकारको सन्देश प्राप्त नभएपछि नै निमन्त्रणा पत्रमा समेत तिनको नाम उल्लेख नगरिएको उपकुलपति डा. देवकुमारले बताएका छन्। कार्यक्रममा यदि तिनी आए स्वागत जनाइने बताए।
विश्वविद्यालयको दीक्षान्त समारोहमा निमन्त्रणा नदिएकोमा राज्यपालको ट्वीट

Share this story
More from Cooch Behar
Generalदुधेबाट वनभोज खेलेर फर्किरहेको मालदाको बस दुर्घटनाग्रस्त, 5 घाइते
सिलगढी, 13 जनवरी: दुधेबाट वनभोज खाएर फर्किरहेको समय मालदाको वनभोज खेल्न आएको गाडी गाडीधुराको बुढीपाइ क्षेत्रमा दुर्घटनामा पऱ्यो। आइतबार साँझमा भएको उक्त दुर्घटनामा 5 जना घाइते भएका छन्, जसलाई उपचारको लागि सुकुना हस्पिटलमा लगियो। जानकारी अनुसार मादलाबाट वनभोज खेल्न आएको एउटा दल दुधे खोलाको बगरमा बनभोज खेलेर साँझमा फर्किरहेको समय बसको चालकले नियन्त्रण गुमाइ पठाएपछि अचानक पल्टियो। भाग्यवश, दुर्घटनामा कसैको…
North Bengalकुचबिहारमा लोग्नेले स्वास्नीको गरे हत्या
कुचबिहार (निसं) : लोग्नेले आफ्नै स्वास्नीको गरे हत्या। उक्त घटना तुफानगञ्ज 1 नम्बर ब्लकको नाटाबारी 2 ग्राम पञ्चायतको जालालजानी क्षेत्रमा घटेको हो। मृतक महिलाको नाम मलती नारायण (45) हो। हत्यारा लोग्नेलाई पुलिसले पक्राउ गरेको छ। स्थानीय साथै परिवार सूत्रले दिएको जानकारी अनुसार, मृत महिलाको पति नवकुमार नारायण मानसिक रूपमा विक्षिप्त छन्। घटनाक्रम अनुसार, बुधवार बिहान सौदापात किनेर लोग्ने नवकुमार बजारबाट…
North Bengalकुचबिहारमा आगो लागेर 6 वटा दोकान जलेर भष्म
कुचबिहार (निसं): कुचबिहारको दुई नम्बर ब्लकमा अवस्थित डोडेयारहाट बजारमा भयानक आगलागी हुँदा 6 वटा दोकान जलेर स्वाह भएको छ। आगो लागेको घटनाबारे खबर पाएपछि अग्निशमन विभागको दुई वटा दमकल घटनास्थलमा पुगेर कर्मचारीहरूले कठोर मेहनत गरेपछि अन्तमा आगोलाई पूर्ण नियन्त्रणमा ल्याइयो। उक्त घटनामा जम्मा 6 वटा दोकान सर-समानहरू सहित पूर्ण रूपले जलेर भष्म भएको बताइएको छ। प्राप्त जानकारी अनुसार डोडेयारहाट बजारका…
North Bengalभारत-बङ्ग्लादेश सिमानामा बीएसएफ-को गोली लागेर एकजना तस्कर गम्भीर घाइते
कूचबिहार (निसं): दिनहाटाको गितालदहमा भारत-बङ्ग्लादेश सीमामा बीएसएफ-ले चलाएको गोली लागेर एकजना तस्कर गम्भीर रूपले घाइते भएको छ। बीएसएफ-को 90औ बटालियन सूत्रले दिएको जानकारी अनुसार आज लगभग 30 जना मानिसहरूको एउटा तस्कर गिरोहले भारत-बङ्ग्लादेश सीमाबाट 30 वटा गाई-गोरूहरू तस्करी गरेर बङ्ग्लादेश लैजाने कोशिश गरिरहेको थियो। ड्यूटीमा तैनाथ बीएसएफ-का जवानहरूले तस्कर गिरोहलाई गाई-गोरूको तस्करी रोक्ने प्रयास गर्दा उल्टै तिनीहरूले बीएसएफ जवानहरू माथि…
