जलपाइगढी, 29 मई (निसं): जलपाइगढीदेखि दीघासम्म सरकारी बस सेवा बुधबार औपचारिक रूपमा शुरु गरिएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले उत्तर बंगालको भ्रमणको क्रममा गत 20 मईको दिन फूलबारीको भिडियोकन मैदानमा आयोजित एउटा सरकारी समारोहमा यस बस सेवाको उद्घाटन गरेकी थिइन्।
मोठ 6 वटा बस सेवा सुरु गरिएको छ, जुन उत्तर बंगालका जलपाइगढी, सिलगढी, कूचबिहार, अलीपुरद्वार, रायगञ्ज र मालदाबाट दीघास्थित जगन्नाथ धामसम्म सञ्चालन हुनेछ। जलपाइगढीदेखि दीघासम्म पहिलो सरकारी बस सेवा बुधबारदेखि सुरु गरिएको छ।
उत्तर बंगाल राज्य परिवहन निगमको देखरेखमा सञ्चालन हुने यो बस प्रत्येक बुधबार र शनिबार साँझ 4 बजे जलपाइगढीबाट प्रस्थान गर्नेछ भने दीघाबाट फर्किने समय बिहीबार र आइतबार तोकिएको छ।
बसमा यात्रुहरूका लागि विशेष सुविधाहरू पनि उपलब्ध रहेको छ। पूजा पर्वसम्मको लागि भाडा 1020 रुपियाँको बद्वी केवल 1450 रुपियाँ मात्र राखिएको छ। अत्याधुनिक र वातानुकूलित बसमा यात्रुहरूले आरामदायी यात्रा गर्न सक्नेछन्। अब थोरै खर्चमा दीघाको समुद्री किनारा र जगन्नाथ मन्दिरको दर्शन गर्न सहज भएको छ।
उद्घाटन समारोहमा राज्य मन्त्री बुलुचिक बड़ाइक, उत्तर बंगाल राज्य परिवहन निगमका अध्यक्ष पार्थ प्रतिम राय, राजगञ्जका विधायक खगेश्वर राय, जलपाइगढीका विधायक प्रदीप कुमार वर्मा, जिल्ला परिषद अध्यक्ष कृष्ण राय बर्मन, उपनगर अध्यक्ष सैकत चट्टोपाध्याय, सहायक अध्यक्ष सीमा चौधरी, कार्माध्यक्ष महुआ गोप लगायत अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए। अर्कोतिर, राज्य सरकारको यस पहलबाट जलपाइगढीका स्थानीय वासिन्दाहरू निक्कै खुसी देखिएका छन्।
जलपाइगढीदेखि दीघा जाने सरकारी बस सेवा आजदेखि शुरु

Share this story
More from Jalpaiguri
North Bengalस्वास्नी घर छोडेर गएपछि पीडा सहन गर्न नसकेर आत्महत्या गरे लोग्नेले
राजगञ्ज, 12 मई: प्रेम विवाह गरेका एकजना युवकले पत्नीले घर छाडेपछि उत्पन्न मानसिक पीडा सहन गर्न नसकेर आत्महत्या गरेका छन्। घटनाले राजगञ्जको माझियाली ग्राम पञ्चायत अन्तर्गत बडाभिटा सरकार पाडा क्षेत्रलाई स्तब्ध बनाएको छ। मृतक युवकको नाम बिप्लब सरकार (36 वर्ष) हो। पारिवारिक सूत्र अनुसार, राजगञ्जको बडाभिटा सरकार पाडाका बिप्लब सरकार अन्य राज्यमा राजमिस्त्रीको काम गर्थे। लगभग 9 वर्ष अघि उनले…
राजगञ्जमा युवतीमाथि धारिलो हतियारले आक्रमण, क्षेत्रमा सनसनी
राजगञ्ज, 10 मई: राजगञ्जको बक्सीडाङ्गा क्षेत्रमा एकजना युवतीमाथि धारिलो हतियारले आक्रमण भएको घटनाले क्षेत्रभरि सनसनी फैलिएको छ। गम्भीर घाइते अवस्थामा रहेकी ती युवती, हाल फूलबारीको एउटा निजी अस्पतालमा उपचाराधिन छन्। उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ। स्थानीय सूत्र अनुसार, आज बिहान ती युवती एकजना साथीसित पानी ल्याउन घरबाट निस्किएकी थिइन्। त्यही बेला अचानक मोटरसाइकलमा आएका एकजना युवकले बाटो रोके। केही…
North Bengalजलपाईगढीको रेसकोर्स क्षेत्रमा पुलिस कर्मीको घरमा सीबीआई-को छापा
जलपाईगढी, 8 मई (निसं): जलपाईगढीको रेसकोर्स क्षेत्रमा सीबीआई-ले एकजना पुलिस कर्मीको घरमा छापामार अभियान चलाएको छ। यस घटनापछि सम्पूर्ण क्षेत्रमा सनसनी फैलिएको छ। आज बिहान केन्द्रीय सुरक्षा बलहरूको साथमा सीबीआई-को चार सदस्यीय टोली पुलिस अधिकारी दीपङ्कर दासको घरमा पुग्यो। हाल दीपङ्कर दास जलपाईगढी जिल्ला पुलिस अधीक्षकको बंग्लोमा सुरक्षा गार्डको रूपमा कार्यरत छन्। यद्यपि यो छापामार कुन मुद्दासँग सम्बन्धित हो भन्ने…
North Bengalशारीरिक अपांग भए तापनि यसलाई दरकिनार गर्दै नयन दत्त भए स्कूल टप्पर
जलपाईगढी, 3 मई: शारीरिक रूपमा अपांग भए तापनि नयनले यसलाई पछि पार्दै विद्यालयमा टप्पर भएर सबैलाई चकित पारेका छन्। उनको उचाइ मात्र दुई फिट भए पनि उनले माध्यमिक परीक्षामा ५५३ अंक ल्याएर विद्यालयमा टप्पर भएका छन्। नयन दत्त जलपाईगढीको बहादुर मुन्नाज हैप्पी होम हाई स्कुलका विद्यार्थी हुन्। उनी जलपाईगढीको राउत बगानका निवासी हुन् र उनका बुबा किसान हुन्। नयनको यो…
