नन्दीग्राममा चुनाउ प्रचार गर्न गएको समय तृणमूल कङ्ग्रेस नेत्री ममता ब्यानर्जी आज घाइते भएकी छन्। देब्रे खुट्टामा चोट लागेकोले तिनलाई उपचारको निम्ति तत्कालै हेलिकप्टर मार्फत् नन्दीग्रामबाट कोलकाता लगिएको छ। यस घटनालाई लिएर ममता ब्यानर्जीले प्रतिक्रिया व्यक्त गर्दै षड्यन्त्र गरेर 4-5 जनाले आफूलाई धक्का दिएको आरोप लगाएकी छन्। घटनाको समय स्थानीय पुलिस घटनास्थलमा नरहेको बताइएको छ। स्मरण रहोस्, आउँदो विधानसभा चुनाउमा नन्दीग्राम विधानसभा आसनको प्रार्थीको रूपमा ममता ब्यानर्जीले आज हल्दिया महकुमाशासक कार्यालयमा आफ्नो नामाङ्कन पत्र बुझाइन्। यसपछि तिनी पुनः नन्दीग्राम फर्केर त्यहाँको विभिन्न मन्दिरहरूमा पुजा-अर्चना गर्नको साथै रानीचोकस्थित एउटा मन्दिरमा हरिनाम कीर्तन सुन्न गएकी थिइन्। त्यहाँबाट निस्किने क्रममा तिनलाई जोरले धक्का दिएको आरोप रहेको छ। धक्का दिँदा तिनी लडेपछि तिनको टाउको र देब्रे खुट्टामा चोट लागेपछि तिनलाई उपचारको लागि कोलकाता लगियो। मुख्यमन्त्री ममता ब्यानर्जीले सुरक्षाको निम्ति जेड प्लस क्याटागोरीको सुरक्षा व्यवस्था पाए तापनि यस प्रकारको घटना घटेकोले प्रश्न चिन्ह खडा भएको छ।
नन्दीग्राममा ममता ब्यानर्जी घाइते, षड्यन्त्र गरेर धक्का दिएको आरोप

Share this story
More from Political
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political24 घण्टाको अवधिमै फेरि नयाँ डीजी सञ्जय मुखर्जी नियुक्त
न्यूज डेस्क: 24 घण्टाको अवधिमा एकपल्ट फेरि राज्य पुलिसका डीजीलाई सरुवा गरिदिएको छ। सञ्जय मुखर्जीलाई राज्य पुलिसको महानिर्देशक नियुक्त गरिएको छ। चुनाउ आयोगले दिएको जानकारी अनुसार 1989 ब्याचका आईपीएस अधिकारी सञ्जय मुखर्जीले राज्य पुलिसको नयाँ डीजीको रूपमा कार्यभार सम्हाल्ने छन्। चुनाउ आयोगको तर्फबाट अधिसूचना जारी गरेर आज साँझ सञ्जय मुखर्जीले डीजीको पदभार सम्हाल्ने जानकारी दिएको छ। स्मरण रहोस्, राजीव कुमारलाई…
Politicalलोकसभा चुनाउ 7 चरणमा सम्पन्न हुने, दार्जिलिङ आसनको चुनाउ 26 अप्रेलमा
सिलगढी: राज्य चुनाउ आयोगले दिल्लीको विज्ञान भवनमा आज आगामी 18औँ लोकसभा चुनाउको मिति घोषणा गरेको छ। उक्त घोषणा अनुसार आउँदो लोकसभा चुनाउ 7 चरणमा 543 वटा लोकसभा आसनमा कठोर सुरक्षा व्यवस्थाबीच सम्पन्न हुने भएको छ। निर्वाचन आयोगको घोषणा अनुसार मतदान आगामी 19 अप्रेलदेखि शुरू भएर 1 जुनमा समाप्त हुनेछ। पहिलो चरण अन्तर्गत 102 वटा आसनको लागि 19 अप्रेलको दिन सम्पन्न…
Politicalगोरामुमोले छैटौं अनुसूची सम्झौता दिवस 6 दिसम्बरमा पालन गर्ने
दार्जिलिङ (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आगामी 6 दिसम्बर 2023-को दिन भब्य रुपमा छैटौं अनुसूची सम्झौता दिवस पालन गर्ने भएको छ। प्राप्त जानकारी अनुसार गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनमा दार्जिलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा उक्त दिन छैटौं अनुसूची सम्झौता दिवस पालन गरिने भएको छ। यसैक्रममा आज गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीद्वारा पार्टी कार्यालयमा ब्राञ्च अध्यक्ष एमजे सुब्बाको अध्यक्षता बसेको सभामा छैटौं…
