नन्दीग्राममा ममता ब्यानर्जी घाइते, षड्यन्त्र गरेर धक्का दिएको आरोप

नन्दीग्राममा चुनाउ प्रचार गर्न गएको समय तृणमूल कङ्ग्रेस नेत्री ममता ब्यानर्जी आज घाइते भएकी छन्। देब्रे खुट्टामा चोट लागेकोले तिनलाई उपचारको निम्ति तत्कालै हेलिकप्टर मार्फत् नन्दीग्रामबाट कोलकाता लगिएको छ। यस घटनालाई लिएर ममता ब्यानर्जीले प्रतिक्रिया व्यक्त गर्दै षड्यन्त्र गरेर 4-5 जनाले आफूलाई धक्का दिएको आरोप लगाएकी छन्। घटनाको समय स्थानीय पुलिस घटनास्थलमा नरहेको बताइएको छ। स्मरण रहोस्, आउँदो विधानसभा चुनाउमा नन्दीग्राम विधानसभा आसनको प्रार्थीको रूपमा ममता ब्यानर्जीले आज हल्दिया महकुमाशासक कार्यालयमा आफ्नो नामाङ्कन पत्र बुझाइन्। यसपछि तिनी पुनः नन्दीग्राम फर्केर त्यहाँको विभिन्न मन्दिरहरूमा पुजा-अर्चना गर्नको साथै रानीचोकस्थित एउटा मन्दिरमा हरिनाम कीर्तन सुन्न गएकी थिइन्। त्यहाँबाट निस्किने क्रममा तिनलाई जोरले धक्का दिएको आरोप रहेको छ। धक्का दिँदा तिनी लडेपछि तिनको टाउको र देब्रे खुट्टामा चोट लागेपछि तिनलाई उपचारको लागि कोलकाता लगियो। मुख्यमन्त्री ममता ब्यानर्जीले सुरक्षाको निम्ति जेड प्लस क्याटागोरीको सुरक्षा व्यवस्था पाए तापनि यस प्रकारको घटना घटेकोले प्रश्न चिन्ह खडा भएको छ।


One thought on “नन्दीग्राममा ममता ब्यानर्जी घाइते, षड्यन्त्र गरेर धक्का दिएको आरोप

Leave a Reply

Your email address will not be published. Required fields are marked *