राजीव बन्धोपाध्यायले विधायक पदबाट पनि दिए राजीनामा

कोलकाता : तृणमूलका विधायक राजीव बन्धोपाध्यायले आफ्नो वन मन्त्री पदबाट राजीनामा दिएको केही दिनपछि आज विधायक पदबाट पनि राजीनामा दिएका छन्। तिनी आज बिहान विधानसभा भवन पुगेर आफ्नो राजीनामा पत्र स्पीकरलाई सुम्पिए। स्मरण रहोस्, तृणमूलका केही शीर्ष नेताहरू तथा विधायकहरूले राजीनामा दिएर भाजपामा सामेल भइरहेको क्रम अवधिमा नै केही दिनअघि तिनले पनि आफ्नो वन विभागको मन्त्रीपदबाट राजीनामा दिएका थिए। तथापि, हालसम्म तिनले तृणमूलको प्राथमिक सदस्यता नछोडेको बताइएको छ। तिनले चाँडै नै तृणमूल पार्टी त्यागेर भाजापमा सामेल हुनसक्ने राजनैतिक माहौलमा चर्चा चुर्लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *