राजीव बन्धोपाध्यायले पार्टीको सदस्यताबाट पनि दिए राजीनामा

कोलकाता : तृणमूलका विधायक राजीव बन्धोपाध्यायले आज विधायक पदबाट राजीनामा दिएको केही घण्टाको अवधिमै तृणमूल कङ्ग्रेस सदस्यताबाट पनि दिए  राजीनामा। तिनले तृणमूल नेत्री ममता ब्यानर्जीलाई आफ्नो राजीनामा पत्र पठाउनको साथै तृणमूल राज्य सभापति सुब्रत बक्सीलाई पनि राजीनामा पत्रको एउटा प्रतिलिपी पठाएको बताइएको छ। स्मरण रहोस्, तृणमूलका विधायक राजीव बन्धोपाध्यायले गत 22 जनवरीमा वन मन्त्री पदबाट राजीनामा दिएको केही दिनपछि आज दिउँसो विधायक पदबाट राजीनामा दिएपछि तिनले अपरान्हको समय पार्टीको प्राथमिक सदस्यताबाट पनि राजीनामा दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *