अलिपुरद्वार : अलिपुरद्वारमा सम्पन्न मुख्यमन्त्री ममता ब्यानर्जीको सभामा आएकी एकजना छात्रा आज अचानक अस्वस्थ्य भएपछि मुख्यमन्त्रीले स्वयम्ले नै उक्त छात्रालाई उपचारको व्यवस्था गरिदिइन्। अलिपुरद्वारको परेड ग्राउन्डमा आज मुख्यमन्त्री ममता ब्यानर्जीले एउटा सभामा अंश ग्रहण गरिरहेकी थिइन्। उक्त सभामा वीरपाडाबाट आमा अरपिना बेगमसित छात्रा मुस्कान परबीन पनि आएकी थिइन्। सभामा अचानक उक्त छात्रा मुस्कान अस्वस्थ्य भएपछि मुख्यमन्त्री ममताले तिनको उपचारको व्यवस्था गरिदिइन्। मञ्चमा आसिन जलपाईगढीका विधायक तथा डा. पीके बर्माले उक्त छात्राको स्वास्थ्य जाँच गरे। छात्राको आमा आरपिना बेगमले भनिन्, छोरी अस्वस्थ्य हुँदा मुख्यमन्त्रीले अघि आएर चिकित्साको व्यवस्था गरिदिएकोमा म निक्कै खुसी छु।
सभामा उपस्थित छात्रा अस्वस्थ्य भएपछि मुख्यमन्त्रीले गरिदिइन् उपचारको व्यवस्था

Share this story
More from Political
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political24 घण्टाको अवधिमै फेरि नयाँ डीजी सञ्जय मुखर्जी नियुक्त
न्यूज डेस्क: 24 घण्टाको अवधिमा एकपल्ट फेरि राज्य पुलिसका डीजीलाई सरुवा गरिदिएको छ। सञ्जय मुखर्जीलाई राज्य पुलिसको महानिर्देशक नियुक्त गरिएको छ। चुनाउ आयोगले दिएको जानकारी अनुसार 1989 ब्याचका आईपीएस अधिकारी सञ्जय मुखर्जीले राज्य पुलिसको नयाँ डीजीको रूपमा कार्यभार सम्हाल्ने छन्। चुनाउ आयोगको तर्फबाट अधिसूचना जारी गरेर आज साँझ सञ्जय मुखर्जीले डीजीको पदभार सम्हाल्ने जानकारी दिएको छ। स्मरण रहोस्, राजीव कुमारलाई…
Politicalलोकसभा चुनाउ 7 चरणमा सम्पन्न हुने, दार्जिलिङ आसनको चुनाउ 26 अप्रेलमा
सिलगढी: राज्य चुनाउ आयोगले दिल्लीको विज्ञान भवनमा आज आगामी 18औँ लोकसभा चुनाउको मिति घोषणा गरेको छ। उक्त घोषणा अनुसार आउँदो लोकसभा चुनाउ 7 चरणमा 543 वटा लोकसभा आसनमा कठोर सुरक्षा व्यवस्थाबीच सम्पन्न हुने भएको छ। निर्वाचन आयोगको घोषणा अनुसार मतदान आगामी 19 अप्रेलदेखि शुरू भएर 1 जुनमा समाप्त हुनेछ। पहिलो चरण अन्तर्गत 102 वटा आसनको लागि 19 अप्रेलको दिन सम्पन्न…
Politicalगोरामुमोले छैटौं अनुसूची सम्झौता दिवस 6 दिसम्बरमा पालन गर्ने
दार्जिलिङ (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आगामी 6 दिसम्बर 2023-को दिन भब्य रुपमा छैटौं अनुसूची सम्झौता दिवस पालन गर्ने भएको छ। प्राप्त जानकारी अनुसार गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनमा दार्जिलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा उक्त दिन छैटौं अनुसूची सम्झौता दिवस पालन गरिने भएको छ। यसैक्रममा आज गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीद्वारा पार्टी कार्यालयमा ब्राञ्च अध्यक्ष एमजे सुब्बाको अध्यक्षता बसेको सभामा छैटौं…
