सभामा उपस्थित छात्रा अस्वस्थ्य भएपछि मुख्यमन्त्रीले गरिदिइन् उपचारको व्यवस्था

अलिपुरद्वार : अलिपुरद्वारमा सम्पन्न मुख्यमन्त्री ममता ब्यानर्जीको सभामा आएकी एकजना छात्रा आज अचानक अस्वस्थ्य भएपछि मुख्यमन्त्रीले स्वयम्‌ले नै उक्त छात्रालाई उपचारको व्यवस्था गरिदिइन्। अलिपुरद्वारको परेड ग्राउन्डमा आज मुख्यमन्त्री ममता ब्यानर्जीले एउटा सभामा अंश ग्रहण गरिरहेकी थिइन्। उक्त सभामा वीरपाडाबाट आमा अरपिना बेगमसित छात्रा मुस्कान परबीन पनि आएकी थिइन्। सभामा अचानक उक्त छात्रा मुस्कान अस्वस्थ्य भएपछि मुख्यमन्त्री ममताले तिनको उपचारको व्यवस्था गरिदिइन्। मञ्चमा आसिन जलपाईगढीका विधायक तथा डा. पीके बर्माले उक्त छात्राको स्वास्थ्य जाँच गरे। छात्राको आमा आरपिना बेगमले भनिन्, छोरी अस्वस्थ्य हुँदा मुख्यमन्त्रीले अघि आएर चिकित्साको व्यवस्था गरिदिएकोमा म निक्कै खुसी छु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *