तृणमूललाई झट्का : विधायिका देवश्री रायले दिइन् पार्टीबाट राजीनामा

कोलकाता : 2021-को विधानसभा चुनाउको ठिक अघि तृणमूल कङ्ग्रेसमा पहिरो जाने क्रम जारी देखिन्छ। यसै क्रममा रायदिघीको तृणमूल विधायिका तथा अभिनेत्री देवश्री रायले तृणमूलबाट राजीनामा दिएपछि पार्टीलाई ठुलो झट्का लागेको छ। तिनले आज तृणमूल राज्य अध्यक्ष सुब्रत बख्शीलाई आफ्नो राजीनामा पत्र पठाएको जानकारी दिइन्। राजीनामा के कारणले गर्दा दिएको हो भन्नेबारे सटीक प्रतिउत्तर नदिए तापनि तिनले तृणमूल कङ्ग्रेसले आफूलाई सम्मान नदिएको तर केवल प्रयोग मात्र गरिरहेको आरोप लगाएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *