जंगली जनावरहरूलाई बचाउका लागि वन विभागको ‘ब्रेक फर वाइल्ड लाइफ’कार्यक्रम सम्पन्न

बाघडुग्रा, 26 अक्टोबर (निसं): सिलगढी महकुमाको चिया बगान क्षेत्रहरूमा चितुवा र हात्तीहरूको आवाजाही सामान्य कुरा बनिसकेको छ। यति मात्र होइन, राष्ट्रिय राजमार्ग पार गर्दा जंगली जनावरहरू धेरै पटक दुर्घटनाको शिकार हुनु पर्द्छ। यसैले तिनीहरूलाई बचाउनका लागि सडक हिड्ने तथा गाडी चालकहरूलाई जागरूकता बढाउनको लागि खरसाङको वन विभागले “ब्रेक फर वाइल्ड लाइफ” कार्यक्रम आयोजना गरेको छ।
घोषपुकुर रेञ्ज र स्वयंसेवी संगठन जम्बू ट्रूप्स र ऐरावत संगठनको संयुक्त तत्वावधानमा आज घोषपुकुर मोडमा उक्त कार्यक्रम आयोजना गरियो। यस अदि माइकिङ गरेर राष्ट्रिय राजमार्गमा चल्ने बस र चारचक्के गाडी चालकहरूलाई जागरूक गराइयो।
स्वयंसेवी संस्था जम्बू ट्रूप्सका सदस्य रिकज्योति सिंहले बताए अनुसार गत वर्ष अनि यो वर्ष सडक दुर्घटनामा चितुवाहरूको मृत्यु भएको छ। जंगली जनावरहरूको मृत्यु रोक्नको लागि प्रत्येक वर्ष झै यस वर्ष पनि यो कार्यक्रम आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom 780casibom giriş güncel adrescasibom 760 girişJojobetjojobetCasibom GirişCasibomDeneme Bonusu Veren SitelerCasibom Girişdeneme bonusuJojobet Girişcasibom girişcasibomJojobet GirişCasibom GirişCasibomCasibomcasibom girişcasibomcasibom güncel giriş