राजगञ्जमा विधायकले गरे सडक निर्माण कार्यको शिलान्यास

राजगञ्ज (निसं): राजगञ्जका विधायक खगेश्वर रायले पक्का सडकको आज शिलान्यास गरे। राजगंज ब्लक अन्तर्गत सन्यासीकाटा ग्राम पञ्चायतको तेलीपाडादेखि अकलुगछसम्म लगभग अढाई किलोमीटर दूरीको सडक निर्माण कार्य शुरू गरिएको छ। प्राप्त जानकारी अनुसार उत्तर बंगाल विकास विभागको फन्डबाट लगभग 1 करोड 94 लाख रूपियाँको लागतमा सडकको निर्माण गरिँदैछ। यस विषयमा राजगञ्जका विधायक खगेश्वर रायले  बताए अनुसार यो सडक महत्वपूर्ण सडक हो। ईलाकाका मानिसहरूले यहाँ सडक निर्माणको माग गरिरहेको थियो। यसैले आज यसको लागि शिलान्यास गरिएको हो। सडक बनिएपछि यस इलाकाको मानिसहरूलाई धेरै फाइदा पुग्नेछ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *