एसजेडीए-को तर्फबाट क्रिसमस तथा नयाँ वर्षको उपलक्ष्यमा कार्यक्रमको आयोजना

सिलगढी : सिलगढी जलपाईगढी विकास कर्तृपक्षको तर्फबाट बडादिन अर्थात् क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत जनाउन आज नौकाघाट मोडमा कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा एसजेडीएका चेयरम्यान सौरभ चक्रवर्ती मुख्य रूपमा उपस्थित थिए। केक काटेर, विभिन्न कार्यक्रमको माध्यमद्वारा आजको दिन पालन गरियो। यस अवसरमा चेयरम्यान सौरभ चक्रवर्तीले भने, प्रत्येक वर्ष झैँ यस वर्ष पनि बडादिन तथा अङ्ग्रेजी नयाँ वर्षलाई केन्द्र गरेर सिलगढी लगायत जलपाईगढीलाई रङ्गीबिरङ्गी बिजुली बत्तीले सजाइएको छ। यसै क्रममा नौकाघाट संलग्न इलाकालाई पनि रङ्गीबिरङ्गी बिजुली बत्तीले सजाइएको छ भने आगामी 1 जनवरीसम्म यथावत् रहनेछ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO