बाघडुग्रामा अवैध रूपमा बलुवा बोकेको ट्र्याक्टर जफत

बाघडुग्रा: नदीबाट बलुवा तस्करी गरेको आरोपमा बाघडुग्रा थाना पुलिसले एउटा बलुवा बोकेको ट्र्याक्टर जफत गरेको छ। तथापि चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। गोप्य सूचनाको आधारमा बाघडुग्रा थाना पुलिसले बाघडुग्राको बिहार मोड संलग्न इलाकामा अभियान चलाए। त्यस समय बाघडुग्राको तारबन्दा इलाकाको बालासन नदीबाट एउटा ट्र्याक्टरमा अवैध रूपमा बलुवा उठाएर राष्ट्रिय राजमार्गतर्फ आइरहेको समय पुलिसले उक्त ट्र्याक्टरलाई जफत गर्न अगावै चालकले ट्र्याक्टर त्यहीँ छोडेर घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। पुलिसले बलुवा बोकेको ट्र्याक्टर आफ्नो नियन्त्रणमा लिएर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *