माकपाबाट बहिष्कृत परिमल मित्र तृणमूलमा सामेल हुने  

 सिलगढ़ी : माकपा नेता अनि सिलगढ़ी नगर निगमको 4 नम्बर वार्ड पार्षद तथा मेयर परिषद परिमल मित्रलाई 4 फरवरीको दिन दल विरोधी कार्यमा सामेल रहेको आरोपमा पार्टीबाट निष्कासित गरिएको थियो। पार्टीबाट निकालेपछि तिनी भाजपा अथवा तृणमूल कांग्रेसमा सामेल हुने आशंका गरिएको थियो। अन्ततः नगर निगम चुनाउभन्दा अगावै परिमल मित्र तृणमूल कांग्रेसमा सामेल हुने भएको छ। पार्टी सूत्रले दिएको जानकारी अनुसार भोली आइतबार अपरान्ह 3 बजी पत्ती कलोनी ईलाका अन्तर्गत वाणी मन्दिर स्कूल प्रांगणमा आयोजित हुने तृणमूल कांग्रेसको एउटा कार्यक्रममा परिमल मित्रले तृणमूलको झण्डा थाप्ने भएका छन्। यस अवसरमा राज्यका पर्यटन मन्त्री गौतम देव पनि प्रमुख रूपमा उपस्थित रहने भएका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/