मानिसहरूलाई बेहोश गरेर चोरी गर्ने समुहको पर्दाफाश, 1 जना पक्राउ, 3 जना जेलमा बन्द

सिलगढी (निसं): सिलगढीको मतिगढा थानाको पुलिसले सादा पोशाकमा परिवारका सदस्यहरूलाई बेहोश गरेर चोरीको घटनालाई अञ्जाम दिने समुहको पर्दाफाश गरेको छ। पुलिसले उक्त मामिलामा समुहका 1 जना सदस्यलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम एमडी गुलजार (42) हो। स्मरण रहोस, मतिगढा 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत लेलीन कलोनी इलाकामा गत अगस्तको राति सुतेको समय परिवारका सदस्यहरूलाई बेहोश गरेर घरबाट लाखौं रुपियाँ चोरीको घटना प्रकाशमा आएको थियो। उक्त इलाकामा यसभन्दा पहिला पनि यस्तै घटना घटेको थियो। यसले गर्दा इलाकामा मानिसहरूमाझ आतङ्कको माहौल छाएको थियो।
अन्तमा, गोप्य सूत्रबाट खबर पाएर गत राति अभियान चलाएर पुलिसले परिवहन नगर इलाकाबाट एक जना आरोपीलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त समूहमा मोठ 4 जना सदस्य छन्। यीमध्ये एक जनाले दिनको समय घूमेर केही घरहरू चिन्हित गर्थे। यसपछि राति सबै मिलेर उक्त घरमा सुतेका मानिसहरूलाई बेहोश गरेर आरामसित चोरी गरेर चम्पट कस्थे। इस्लामपुरमा पनि यो समूहले ठीक यस्तै प्रकारले चोरी गर्थे। तर, इस्लामपुर पुलिसले जाँच अवधि समूहका 3 जना सदस्यलाई पक्राउ गऱ्यो। हाल तिनीहरू इस्लामपुर जेलमा बन्द छन्। तीनै जना आरोपीलाई आफ्नो हिरासतमा लिनु का लागि मतिगढा थाना पुलिसले इस्लामपुर अदालतमा अपील गरेको छ।हाल, पुलिसले सबै मामिलाको छानबिन गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet