सिलगढी : देशका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको हिजो निधन भयो। यसैले तिनको निधनमा शोक व्यक्त गर्दै केन्द्र सरकारले आज देशव्यापी राष्ट्रिय शोकको घोषणा गरेको छ। अर्कोतिर, राज्य सरकारले पनि आजको दिन राष्ट्रिय शोकको रूपमा घोषित गरेपछि राज्यको सबै सरकारी कार्यालय बन्द रहेको छ। यसैले राज्य सरकारले 1 सेप्टेम्बर अर्थात आजको बद्ली आगामी 8 सेप्टेम्बरको दिन पुलिस दिवस मनाइने निर्णय लिएको छ। राज्यका गृह सचिवले हिजो ट्वीट मार्फत् 1 सेप्टेम्बरको बद्ली आगामी 8 सेप्टेम्बरको दिन पुलिस दिवस मनाइने बताए। (इन्टरनेट फोटो)