अखिल भारतीय नेपाली अनुसूचित जाति सङ्घ तीनधारे शाखाको नयाँ कमिटी गठन

खरसाङ (निसं) : अखिल भारतीय नेपाली अनुसूचित जाति सङ्घ तीनधारे शाखाको वार्षिक सभा विमल दर्जीको अध्यक्षतामा सम्पन्न भयो। तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न उक्त कार्यक्रम बाबा साहेब भीमराव अम्बेदकरको तस्वीरमा माल्यार्पण साथै दीप प्रज्वलन गरेपछि शुरू गरिएको थियो। कार्यक्रममा स्व. कमल रिजालको मृत्युमा दुःख प्रकट गर्दै आत्मा शान्तिको लागि एक मिनटको मौन धारण गरियो। यसै सभामा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ तीनधारे शाखाको पुरानो कमिटीलाई विघटन गरी नयाँ कमिटी गठन गरियो, जसमा सभापति अजय विश्वकर्म, उप सभापति श्याम शंकर र मिलन दर्जी, मूल सचिव प्रशान्त बराईली, सह सचिव रबीन गजमेर, सुमीरण बरदेवा, कोषाध्यक्षा अञ्जना गजमेर र सह कोषाध्यक्षा वीणा लावर, सल्लाहकार मण्डलीमा विमल दर्जी, किशोर लोहार, बरुण रसाइली, रञ्जन रसाइली, हिरण लकान्द्री, युवराज सुनार र राजेन रसाइली चयन भएका छन्। सुकुमार बराईलीले सञ्चालन गरेको सभामा किशोर लोहार, विमल दर्जी, हिरण लकान्द्री आदिले वक्तव्य राखेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibom