अनित थापाद्वारा मिरिकको सौरिनी समष्टिमा हर घर जल योजनाको शिलान्यास

मिरिक : प्रत्येक घरलाई पिउने पानी उपलब्ध गराउने उद्देश्य लिएर शुरू गरिएको जल जीवन मिसन अन्तर्गत हर घर जल योजनाको आज मिरिकको सौरेनीमा जीटीए कार्यापाल अनित थापाले विधिवत् रूपमा शिलान्यास गरे। 117.44 करोड रुपियाँको लागतमा आज जल परियोजनाको शिलान्यास गरियो। हर घर जल योजना लोअर बीस ऐकर घैयाबारीको 80 परिवारको निम्ति 0.69 करोड, मञ्जु फरेस्टका 960 परिवारको निम्ति 11.20  करोड, सौरेनी चियाबगानका 1,938 परिवारका निम्ति 19.07 करोड, सौरेनी बस्तीका 854 परिवारको निम्ति 9.55 करोड, टिङलिङ चियाबगानका 955 परिवारको निम्ति 12.47 करोड, पुटुङ चियाबगानका 697 परिवारको निम्ति 7.43 करोड, न्यू फालोदी चियाबगानका 1,243 परिवारको निम्ति 14.43 करोड, पूर्व अनि पश्चिम फुवागढी चिया बगानका 2,100 परिवारको निम्ति 25.28 करोड लगायत सिङ्गबुली चियाबगान, मञ्जु फरेस्ट अनि वरिपरिका 1,896 परिवारको निम्ति 17.31 करोडको लागतमा सञ्चालन हुने योजनाको आवन्टन गरिएको छ। उक्त योजनामार्फत् मोठ 10,723 परिवारले पिउने पानी पाउनेछन् भने योजनाको मोठ लागत 117.43 करोड रहने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibom