गान्तोक (निसं): सिक्किम राज्यबाट पहिलोपल्ट पाल्जोर नामग्याल गर्ल्स स्कूलका विद्यार्थीहरू मलेशियाको अन्तर्राष्ट्रिय मार्चिङ आर्ट्स च्याम्पियनशीपमा अंशग्रहण गर्नका लागि प्रस्थान भएका छन्। आज बिहान विद्यालयका 21 जना विद्यार्थी मलेशियाको निम्ति प्रस्थान भए। तिनीहरूले मलेशियाको जोहोर बारहुमा आगामी 7 देखि 9 सेप्टेम्बरसम्म आयोजना हुने अन्तर्राष्ट्रिय मार्चिङ आर्ट्स च्याम्पियनशीपमा सहभागिता जनाउने भएका छन्। सिक्किमबाट अन्तर्राष्ट्रिय मञ्चमा पहिलोपल्ट एउटा पाइप ब्याण्डले प्रतिनिधित्व गर्नु एउटा ऐतिहासिक उपलब्धि रहेको यहाँका मानिसहरू बताउँछन्। पीएनजीका यी विद्यार्थीहरूले ब्यागपाइप अनि ड्रम हातमा लिएर उक्त कार्यक्रममा सहभागिता जनाउने छन्। विद्यालयका प्रधानाध्यापिका जेम्स पाण्डे टार्गेन अनि पीएनजीआईटीईएस एल्मनी एसोसिएशनका अध्यक्ष एलिमित राई लगायत स्कूलका शिक्षक-शिक्षिकाहरूले उक्त प्रतिष्ठित प्रतितयोगितामा सहभागिता जनाउने विद्यार्थीहरूलाई प्रस्थान गर्न अघि सफलताको शुभकामना दिए। दिए।