अवैध कल सेन्टरमा पुलिसको छापामारी, दुईजना पक्राउ

सिलगढी : भक्तिनगर थाना पुलिसले गत राति गोप्य सूचनाको आधारमा सिलगढीको अढ़ाई माइलस्थित जयदीप कम्प्लेक्सको दोस्रो तल्लामा रहेको अवैध कल सेन्टरमा छापामारी अभियान चलायो। यस अभियान अवधि पुलिसले दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। यसको साथै पुलिसले उक्त कल सेन्टरबाट धेरैवटा कम्प्युटर, सीपीयु, हार्ड डिस्क लगायत केही आवश्यक कागजपत्र पनि जफत गरेको छ। पक्रा परेका दुईजना व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *