खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लङ्गभ्यु अम्बटे समष्टिको सांगठनिक सभा पंखाबारीको सार्वजनिक भवनमा समष्टि सभापति मणिराज डुम्जनको सभापतित्वमा सम्पन्न भयो। समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभालाई समष्टि कार्यकारी सभासद कल्पना प्रधान, मनोनीत सभासद प्रणाम रसाइली, सन्त मेरिज-तीन ग्राम पञ्चायत प्रधान साथै समष्टि सभापति मणिराज डुम्जन, सन्त मेरिज-3, उप-प्रधान साथै केन्द्रीय समिति सदस्य सन्तोस लामा, अम्बटे खण्ड समिति अध्यक्ष अमृत छेत्री आदिले सम्बोधन गरेका थिए। समष्टि कार्यकारी सभासद कल्पना प्रधान आफ्नो सम्बोधनमा संगठनलाई दह्रिलो बनाउन हेतु पार्टी संस्थापक अध्यक्ष अनित थापाको दिशा निर्देश अनुसार प्रत्येक समष्टिमा नै शाखा प्रशाखा गठन भइरहेको जनाइन्। पंखाबारी लंगभ्यु अम्बटे समष्टि अन्तर्गत प्रत्येक ठाउँमा शाखा-प्रशाखा गठन गर्ने निर्देश दिइन्। उनले पञ्चायत प्रधान उप-प्रधान साथै पञ्चायत सदस्यहरू एक अर्कामा तालमेल मिलाएर कार्य गरिदिने अपील गरिन्। सभालाई सम्बोधन गर्दै मनोनित सभासद प्रणाम रसाईलीले संगठनलाई दह्रिलो गर्न पार्टी अध्यक्ष अनित थापाको दिशा निर्देश अनुसार आज समष्टि अन्तर्गत रहेको सम्पूर्ण पञ्चायत सदस्यहरूलाई संयोजक रूपमा चयन गरेको जनाए साथै आज जस जसलाई पनि संयोजकको रूपमा चयन गरिएको छ उनीहरूले आ- आफ्नो क्षेत्रमा शाखा साथै प्रशाखा बनाउने जिम्मेवारी पाएको जनाए। पञ्चायत प्रधान, उप प्रधान सदस्यहरूलाई (संयोजकहरूलाई) आ-आफ्ना क्षेत्रमा सबैलाई संगठित गरी शाखा प्रशाखा गठन गरिदिने अनुरोध गरे। सभालाई सम्बोधन गर्दै केन्द्रीय समिति सदस्य सन्तोस लामाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा थोपा थोपा मिलेर गठन भएको पार्टी हो र यसलाई सही दिशातर्फ लान हेतु समष्टिका सम्पूर्ण शाखा गठन गर्न आवश्यक रहेको जनाए। अम्बटे खण्ड समिति अध्यक्ष अमृत छेत्रीले आफ्नो सम्बोधनमा पार्टीको कुनै पनि सभामा पार्टी कार्यकर्ताहरु समयमा उपस्थित भइदिने अनुरोध गरे। पञ्चायतमार्फत् साथै जीटीएमार्फत् आ आफ्ना धेरै विकासमूलक कार्यहरू भइरहेको पनि जनाए। आज सम्पन्न सभालाई सम्बोधन गर्दै समष्टि सभापति साथै सन्त मेरिज तीन प्रधान मणिराज डुम्जनले आज सभामा प्रत्येक पञ्चायत सदस्यहरूलाई पार्टीले जुन जिम्मेवारी दिएको छ त्यसलाई जिम्मेवारीपूर्वक निभाउन पर्ने जनाए। गाउँ गाउँमा निर्वाचित पञ्चायत सदस्यहरु साथै पार्टी कार्यकर्ताहरू मिलेर आ-आफ्ना क्षेत्रहरूमा प्रशाखा साथै शाखा गठन गर्न पर्ने जनाए। समष्टि सभासद, प्रधान, उप-प्रधान, पंचायत सदस्यहरु साथै पार्टी कार्यकर्ताहरू मिलेर संगठनलाई एकजुट भई पार्टीलाई दरिलो बनाउने अनुरोध गरे। आज सम्पन्न सभामा सुबोध लामालाई खरसाङ महुकमा समिति सह- सचिव साथै समिति सदस्य मौसम लामालाई समष्टि सह- सचिव अनि सन्तबीर लोप्चनलाई पंखाबारी लंगभीऊ अम्बटे समष्टिको सदस्यको रूपमा चयन गरियो। आज सम्पन्न सभामा समष्टि अन्तर्गत रहेको पञ्चायत सदस्यगण, प्रधान, उप-प्रधान, खरसाङ महुकमा प्रवक्ता अनुप रामुदामु, खरसाङ महुकमा समिति सांगठनिक सचिव गजेन प्रधान, खरसाङ महुकमा समिति सदस्य संजय प्रधान, मिलन रसाईली, युवा शक्ति, नारी शक्ति प्रतिनिधिगण, समष्टि सदस्यगण साथै पार्टी कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
भागोप्रमो पंखाबारी लङ्गभ्यु अम्बटे समष्टिको सामगठनिक सभा सम्पन्न

Share this story
More from Political News
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन
नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत…
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
