भागोप्रमो पंखाबारी लंगभ्यु अम्बटे समष्टिको मिशन जागरण सभा

खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लंगभ्यु अम्बटे समष्टिको मिशन जागरण सभा सम्पन्न भयो। समष्टि सभापति मनिराज डुम्जनको सभापतित्वमा सम्पन्न सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका पंखाबारी, लंगभ्यु, दुधे साथै गाडीधुराका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। पंखाबारी लंगभ्यु अम्बटे समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभालाई मनोनित सभासद प्रणाम रसाईली, केन्द्रीय समिति साथै सन्त मेरिज 3 ग्राम पञ्चायत उप-प्रधान सन्तोष तामाङ, दुधे खण्ड समिति अध्यक्ष नन्दकुमार थामी, गाडीधुरा संयोजक सुवास गुरूङ, समष्टि युवा शक्ति सचिव पप्पु तामाङ, पञ्चायत सदस्य धनप्रसाद तामाङ, पञ्चायत सदस्य सपन थापा आदिले सम्बोधन गरे। सभामा मनोनीत सभासद प्रणाम रसाईलीले आफ्नो सम्बोधनमा गोर्खा जाति एकपल्ट झुक्कियौं, त्यो झुक्काउनेको चतुर्‍याइँ थियो, दोस्रोपल्ट झुक्कियौं त्यो हाम्रो बीजेपीप्रतिको भरोसा र आस्था थियो तर अब फेरि झुक्कियौं भने गोर्खा जातिको मूर्खताको परिचय हुनेछ भनी बताए। तिनले आगामी चुनाउमा संगठनको गरिमालाई अझ उच्च बनाउने जिम्मेवारी पार्टीको कार्यकर्तामाथि रहेको बताए।

मिशन जागरण विषय लिएर राखिएको सभालाई सम्बोधन गर्दै दुधे खण्ड समिति अध्यक्ष नन्दकुमार थामीले पञ्चायत गठन भएपछि संगठनमाप्रति ध्यान कम भएको जनाए। आज संगठन थियो र नै विगतमा पञ्चायत भोटमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीत हासिल गरेको थियो। त्यसर्थ सबैले संगठनको मान मर्यादालाई ध्यानमा राखेर कार्य गरिदिने तिनले अनुरोध गरे। सभामा गाडीधुरा संयोजक सुवास छेत्रीले गाडीधुरामा संगठनको धरातल कमजोर रहेको छ र यसलाई ठीक गर्न संगठनका सम्पूर्ण प्रतिनिधिहरू मिलेर कार्य गर्न पर्ने सुझाउ राखे। समष्टि युवा शक्ति सचिव पप्पु तामाङले आगामी दिनमा पार्टीको निर्देश अनुसार घर दैलो अभियानलाई समष्टि युवा शक्तिको पूर्ण समर्थन रहेको जनाए साथै पञ्चायत क्षेत्रमा सानो सानो विकासको कार्यमा पार्टीका युवा मोर्चालाई पनि प्राथमिकता दिनुपर्ने सुझाउ राखे। सभामा पञ्चायत सदस्य धनप्रसाद तामाङले सभालाई सम्बोधन गर्दै विगत समष्टिको सभामा सम्पूर्ण पञ्चायत सदस्यहरूलाई बुथको संयोजकको रूपमा चयन गरिएको थियो र संगठनलाई दह्रिलो बनाउने जिम्मेवार केवल पञ्चायत सदस्यहरूको मात्र नरहेर सम्पूर्ण पार्टी कार्यकर्ताहरूको जिम्मेवारी रहेको जनाए। सभालाई सम्बोधन गर्दै रोहिणी क्षेत्रका पञ्चायत सदस्य सपना थापाले रोहिणी क्षेत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको संगठन दह्रिलो रहेको जनाए। केन्द्रीय समिति सदस्य सन्तोष तामाङले आफ्नो सम्बोधनमा पंखाबारी लंगभ्यु अम्बटे समष्टि अति नै संवेदनशील समष्टि रहेको बताए। बीजेपी पार्टीले 15 वर्ष गोर्खा जातिमाथि गरेको घात र अवहेलनाको कथा घर घरमा सुनाउन पर्ने जनाए। पञ्चायतमार्फत हुने विकासमूलक कार्यहरू सबैको सरसल्लाह बमोजिम गर्नुपर्ने मत राखे। अन्त्यमा सभाका सभापति मणिराज डुम्जनले आगामी चुनाउमा पार्टी संस्थापक अध्यक्ष अनित थापाको नेतृत्वमा पार्टीले जीत अवश्य हासिल गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetmatadorbetvdcasinosahabetonwincasibom casibom matadorbetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren Sitelersweet bonanzaCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetsahabetmatadorbet1wingrandpashabetgrandpashabetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetesbet girişgrandpashabet girişcashwin girişgrandpashabetcasinolevant girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabetgrandpashabetcasibom Built with ❤︎ by appycodes