भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौँ अभियान अन्तर्गत घैयाबारीमा सांगठनिक सभा सम्पन्न

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौँ अभियान अन्तर्गत सांगठनिक सभा आज घैयाबारीमा सम्पन्न भयो। घैयाबारीको बुथ नम्बर 255 लाई लिएर उक्त सांगठनिक सभा सम्पन्न भएको बताइएको छ। उक्त सभा बुथ कमिटीका सभापति नरेन राईको अध्यक्षता र बुथ कमिटीका सचिव नवराज प्रधानको सञ्चालनमा सम्पन्न भयो। पञ्चायत समिति सदस्य कुसाङ तामाङले सभामा स्वागत सम्भाषण राखेका थिए। सभालाई भागोप्रमो खरसाङ महकुमा समितिका सचिव प्रणाम रसाइली, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, तीनधारे महानदी समष्टिका सांगठनिक सचिव एवम् प्रवक्ता बिपन विश्वकर्म र युवराज प्रधान आदिले सम्बोधन गरे।


सभामा घैयाबारीको बुथ नम्बर 255 को कमिटीलाई नै शाखा कमिटीको रूपमा यथावत् राखिने निर्णय लिएको छ। यस बुथ अन्तर्गत रहेको पाँचवटा गाउँहरूलाई लिएर प्रत्येक गाउँमा प्रशाखा गठन गर्नलाई संयोजकहरू चयन गरियो। संयोजकहरूले आ-आफ्नो गाउँमा प्रशाखा गठन गर्ने दायित्व सुम्पिएको छ। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, युवा शक्ति तीनधारे महानदी समष्टिका सभापति केवल राई लगायत अन्यहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *