खरसाङ (निसं): खरसाङको टुङ्ग सन्तमेरिज समष्टि अन्तर्गत गोराबारी सार्वजनिक भवनमा भागोप्रमो खरसाङ महकुमा समितिको निर्देशमा समष्टिका 21 वटा बुथ प्रतिनिधिहरूलाई लिएर आगामी पञ्चायत चुनाउ विषयमा साङ्गठनिक सभा समष्टि सभापति तथा सभासद नुरी शेर्पाको अध्यक्षतामा सम्पन्न भयो। सभालाई मुख्य रूपमा भागोप्रमो केन्द्रीय समिति साङ्गठनिक सचिव तथा कार्यकारी सभासद रतन थापा अनि खरसाङ महकुमा समिति सभापति तथा एमओडी सभासद प्रणाम रसाइलीले वक्तव्य राख्दै चुनाउ बिषयमा प्रकाश पारे। उक्त सभालाई हिल तराई डुवर्स प्लान्टेसन वर्कस युनियन जोनल सभापति बसन्त कुलुङ राई अनि महासचिव मुकुन्द बोम्जनले पनि सम्बोधन गरेका थिए। सभामा समष्टि उपसभापति छोंगेल लामा र अशोक लामा, सहसचिव दिलीप तामाङ, सल्लाहकार दिलीप गजमेर साङ्गठनिक सचिव पुरण तामाङ, युवा शक्ति सभापति उर्गेन घिसिङ, खरसाङ टाउन कमिटी नारी शक्ति सचिवा दिपा छेत्रीको विशेष उपस्थिति रहेको थियो।