भाजपा कालेबुङका पदाधिकारीसहित अन्य गोजमुमोमा सामेल

कालेबुड : गोजमुमो विनयपन्थीको आज कालेबुङमा एउटा सभा सम्पन्न भयो। उक्त सभामा भारतीय जनता पार्टी कालेबुड जिल्लाका केही पदाधिकारी लगायत कार्यकर्ताहरूले आफ्नो पार्टी त्यागेर गोर्खा जनमुक्ति मोर्चा (बिनय खेमा) मा सामेल भए। यस अवसरमा उपस्थित गोजमुमो केन्द्रीय समिति सदस्य रूदेन लेप्चा, जिल्ला समिति अध्यक्ष सञ्चबीर सुब्बा, जिल्ला प्रवक्ता भुवन पी खनाल आदिले तिनीहरूलाई पार्टीको झण्डा प्रदान गर्दै स्वागत जनाए। भाजपा त्यागेर गोजमुमोमा सामेल हुनेहरूले बताए अनुसार गोजमुमो अध्यक्ष विनय तामाङ अनि महासचिव तथा जाटीए चेयरम्यान अनित थापाको नयाँ सोंच, नयाँ विचारलाई आफुहरूले आत्मसात् गर्नको साथै हाल पहाड़को विभिन्न ठाउँहरूमा गोजमुमोको तर्फबाट भइरहेको चौतर्फी विकाशमूलक कार्यहरूबाट प्रभावित बनेर पार्टी परिवर्तन गर्ने निर्णय लिएको हो। यसको साथै भाजपाले पहाड़मा कुनै प्रकारको विकाश कार्य नगरेको अनि गोर्खाहरूको स्थायी राजनीतिक समाधान नगरेर ढ़ाँटको राजनीति गरिरहेको तिनीहरूले आरोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *