भाजपाको बैरागीजोतमा बुथ कमिटी गठन

खोरीबारी: भारतीय जनता पार्टी बिन्नाबाड़ी रानीगञ्ज खण्डको तर्फबाट बैरागीजोतमा बुथ कमिटी गठन गरियो । यस अवसरमा खण्ड अध्यक्ष भोलानाथ सिकदा, सचिव सन्तोष राय र भवेश चन्द्र राय, बीरेन सिकदर, वसन्त गणेश, सपन बर्मन, निरेन बर्मनसहित धेरै सङ्ख्यामा कार्यकर्ताहरू उपस्थित थिए। यस अवसरमा महासचिव सन्तोष रायले बताए अनुसार बैरागीजोतस्थित बुथ संख्या 38 मा बुथ कमिटी गठन गरियो। माधव मण्डललाई अध्यक्ष पदमा सर्वसहमतिले चयन गरिएको छ भने अन्य सबै बुथहरूमा पनि बुथ कमिटी गठन गरिने प्रक्रिया चलिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *