भाजपा नेताको जमिनको खेती तृणमूलले नष्ट गरिदिएको आरोप

कुचबिहार : भाजपा संख्या लघु मोर्चा नेताको खेती जमीनमा लगाइएको धानका विरूवाहरूमाथि ट्र्याक्टर चलाकर खेती जमीन नष्ट गरिदिएको तृणमूल कांग्रेसमाथि आरोप उठेको छ। उक्त घटना तूफानगञ्ज देव चराई इलाकामा घटेको हो। भाजपा संख्या लघु मोर्चाका काजी राहुल हुसेनको खेतमा लगाइएको धानका विरूवाहरू तृणमूलले नष्ट गरिदिएको आरोप लगाइएको छ। अर्कोतिर, स्थानीय तृणमूल नेताले आफुहरूमाथि लगाइएको आरोप गलत रहेको दावी गरेको छ। यसैगरी, उक्त भाजपा नेताको घरमा भेट्न जाँदा भाजपा राज्य स्तरीय नेता राजु ब्यानर्जी, जिल्ला अध्यक्ष मालती राभा रायलाई तृणमूल कांग्रेसका बदमाशहरूले रोकेको साथै भाजपा कर्मीहरूमाथि पनि हमला गरेको बताइएको छ।


उक्त हमलामा घाइते भएका 5 जना भाजपा कर्मीलाई तूफान गञ्ज महकुमा अस्पतालमा भर्ना गरेपछि हाल तिनीहरू चिकित्साधीन अवस्थामा छन्। यस घटनाको विरोधमा भाजपा नेता राजीव ब्यानर्जीको नेतृत्वमा देवचराई इलाकाको 31 नम्बर राष्ट्रीय राजमार्ग अवरोध गरेर विरोध प्रदर्शनी गरे। पथ अवरोध गरेको खबर पाएपछि तुफानगञ्ज थानाको पुलिस घठनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा ल्याउनको साथै पथ अवरोध हटाइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *