भाजपा प्रार्थी बीपी बजगाइँले मिरिक फुवागढीमा गरे चुनाउ प्रचार

मिरिक: खरसाङ विधानसभा क्षेत्रका भाजपा उम्मेदवार बीपी बजगाइँले आज मिरिकको फुवागढी सार्वजनिक भवनमा आम जनतासित सम्पर्क अभियानमा सहभागिता जनाए। भाजपा मिरिक मण्डल र सौरेनी मण्डलको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम पछि पत्रकारहरुलाई सम्बोधन गर्दै उम्मेदवार बजगाइँले यस पालीको विधानसभा चुनाउमा दार्जिलिङ पहाड मात्र हैन तर सम्पूर्ण पश्चिम बङ्गाल राज्यमा नै अधिक मतले विजय बन्ने दावी गरे।


दार्जिलिङ पहाडमा गोजमुमोसित नभएर टीएमसीसित चुनाउमा प्रतिद्वन्दिता हुने तथा सत्य र असत्यको युद्धमा भाजपा र पहाडको जीत हुनेछ भनी तिनले बताए। चुनावी सभामा भाजपाको दार्जिलिङ जिला अध्यक्ष कल्याण देवान, स्वाराज थापा, त्रिलोक चन्द्र रोका, मिरिक मण्डल अध्यक्ष अमर राणा, जिल्ला महासचिव किशोर सिह, महिला एकाईका अध्यक्ष सिवानी दियाली लगायत अन्य क्षेत्रीय नेतृत्वहरू उपस्थित थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *