भाजपा प्रार्थी निरज जिम्बाले रोड शो मार्फत् गरे चुनाउ प्रचार

दार्जिलिङ : दार्जिलिङ विधानसभा आसनका भाजपा प्रार्थी निरज जिम्बाले आज घुम-जोरबङ्ला समष्टिमा चुनाउ प्रचार गरे। तिनले आज भाजपा समर्थित गोरामुमो अनि क्रामाकपाका कार्यकर्ताहरू तथा समर्थकहरूको साथमा स्थानीय छोटा बतासेदेखि रोड शो गरेर बतासे, घुम, मानेभञ्ज्याङ, जोरबङ्ला, 6 माइल हुँदै  दबाईपानीसम्म चुनाउ प्रचार गरे। रोड शो अवधि तिनले आफ्नो पक्षमा मतदान गर्ने सबैसित अपील पनि गरे। यस अवसरमा गोरामुमो पर्यवेक्षक प्रवीण जिम्बा, सदस्य लवाङ तामाङ, दार्जिलिङ ब्राञ्च प्रवक्ता प्रमोष्कर ब्लोन अनि क्रामाकपाका शेखर छेत्री, सुनिल राई, नर्बु लामा तथा अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *