बिमल खेमा सुके मानेभञ्ज्याङ समष्टिको कमिटी गठन

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत युवा मोर्चा अनि नारी मोर्चा सुके बजार टाउन कमिटी गठन गरियो। केन्द्रिय सदस्य नीमा ग्याल्जेन शेर्पाको अध्यक्षतामा तथा नारीमोर्चा केन्द्रिय  समिति सदस्यगणको आतिथ्यमा सम्पन्न सभालाई गोजमुमो समष्टि अध्यक्ष पेम्बा शेर्पा, सचिव विद्यासागर खतिवड़ा, संयुक्त सचिव उमङ कटुवाल, नारी मोर्चा प्रमुख सविता लेप्चा आदिले सम्बोधन गरेका थिए। नवगठित समितिले पार्टीको आचार संहितामा रहेर अध्यक्ष विमल गुरूङको हात सशक्त बनाउने प्रतिबद्धता जाहेर गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *