खरसाङ: बिमलपन्थी गोजमुमो तीनधारे खण्ड समितिको आयोजनामा तीनधारेको क्रिकेट बजारस्थित चिल्ड्रेन पार्कमा शहीद दिवस पालन गरियो। उक्त कार्यक्रममा गोजमुमो केन्द्रीय सहसचिव बिमल दर्जी, तीनधारे-महानदी समष्टिका संयोजक सुरेशचन्द्र दर्नाल विशेष रूपमा उपस्थित थिए। गोजमुमो बिमलपन्थीको तीनधारे खण्ड समितिका सचिव अजय विश्वकर्मले सञ्चालन गरेको शहीद दिवस कार्यक्रममा उपस्थित पार्टी पदाधिकारीहरू र कार्यकर्ताहरूले धुप द्वीप प्रज्ज्वलन गरेर खदामाला चढ़ाएर श्रद्धाञ्जलि अर्पण गरे। गोर्खाल्याण्ड आन्दोलनमा 1986 मा तीनधारेबाट बिनय गुरुङ, कृष्ण जोगी शहीद बनेका थिए। दुवैको आत्मा शान्तिको लागि मौन धारण पनि गरियो। उक्त कार्यक्रममा गोजमुमो तीनधारे-महानदी समष्टिका संयोजक सुरेशचन्द्र दर्नालले आफ्नो वक्तव्यमा हामी तीनधारे महानदी समष्टिका पक्षबाट शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गरेको बताए। शहीदहरूले आफ्नो माटो, जाति र चिन्हारीको लागि शहीद बनेको बताउँदै अब हामीले लक्ष्य प्राप्त गरेपछि मात्र शहीदहरूको सपना साकार हुने र यसको लागि हामी सबै गोर्खाहरू एकजुट हुनु आवश्यक छ र हामी एका अर्कामा शिष्टचारमा रहनु पर्ने आवश्यकता देखिएको तिनले बताए। कार्यक्रमलाई जीपीटीओ केन्द्रीय सदस्य बीरेनसिंह खाती, युवा मोर्चाका केन्द्रीय सदस्य योगराज प्रधान र दुई नम्बर चुनभट्टी खण्ड समितिका संयोजक तिलकबहादुर थापाले पनि सम्बोधन गरेका थिए।
बिमलपन्थी गोजमुमो तीनधारे खण्ड समितिद्वारा शहीद दिवस पालन

Share this story
More from Political News
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन
नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत…
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
