विनय खेमा मानेभञ्ज्याङ समष्टिको चुनावी सभा

सुकेपोखरी : गोर्खा जनमुक्ति युवा मोर्चा विनयखेमा सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत पुलुङदुङ खण्डको चारवटा बुथ क्रमैले 23/253, 254, 255, 256-लाई लिएर आज चुनावी सभा सम्पन्न भयो। समष्टि अध्यक्ष टासी भोटियाको नेतृत्वमा सम्पन्न सभामा खण्ड सभापति सुशान्त राई, मूल सचिव देनछिरिङ लेप्चा, कोषाध्यक्ष प्रवीण लेप्चा, प्रवक्ता टासी लेप्चा तथा अन्यको विशेष उपस्थिति रहेको थियो। उक्त सभामा आगामी विधानसभा चुनाउबारे चर्चा गर्दै केशवराज पोख्रेलको जीत सुनिश्चित गर्न बुथ एवम् खण्ड समिति प्रतिबद्ध रहेको मन्तव्य जाहेर गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *