वीरेन्द्र लामामाथि हमला गर्नेहरूलाई पक्रिनुपर्ने मागमा कालेबुङमा पोस्टरिङ

कालेबुङ : कालेबुङमा गत राति गोजमुमो बिमल खेमाका कार्यकर्ता वीरेन्द्र लामामाथि विनयपन्थीका समर्थकहरूले कुटपीट गरेको आरोप लगाएका छन्। उक्त घटनाको विरोधमा गोजमुमो बिमल खेमा कालेबुङ जिल्ला समितिद्वारा आज सहरमा व्यापक पोस्टरिङ गरिएको छ। यसको साथै आरोपीहरूलाई प्रशासनले झट्ट पक्राउ गरेर उचित कार्वाही गरिनुपर्ने युवा मोर्चा संयोजक तोप्देन भुटियाले माग गरेका छन्। यदि आरोपीहरूलाई पक्राउ नगरेको खण्डमा पहाड तथा कालेबुङ क्षेत्रमा कुनै प्रकारको अप्रिय घटना अथवा आगो लागे त्यसको जिम्मेवार आफूहरू नहुने तर पुलिस प्रशासन हुने तिनले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *