विश्व पर्यावरण दिवसमा मानव उत्थान सेवा समिति खरसाङ-द्वारा वृक्ष रोपण

खरसाङ (निसं) : विश्व पर्यावरण दिवसको उपलक्ष्यमा मानव उत्थान सेवा समिति, खरसाङ तहशिलका स्वंयसेवक अनि सदस्यहरूले खरसाङ महानदी नजिक 14 माइल क्षेत्रमा वृक्ष रोपण गरे। यस कार्यक्रमलाई माउसेस खरसाङ तहशिलका प्रभारी सन्त महात्मा मनोहरी बाईजीले अगुवाइ गरेकी थिइन् भने खरसाङ लगायत तीनधारे अनि घैयाबारी शाखाका धेरै सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। स्मरण रहोस्, मानव धर्मका प्रणेता सद्गुरुदेव सतपालजी महाराजको प्रेरणामा समितिले पर्यावरणको सन्तुलन अनि संरक्षण हेतु यस अरण्य सप्ताहमा देशव्यापी वृक्ष रोपणको कार्यक्रम चलाइरहेको छ। माउसेस खरसाङ तहशिल अन्तर्गत बालासन चियाबारी अनि मार्गरेट्स होप चियाबारीमा पनि समितिका सदस्यहरूले व्यापक वृक्ष रोपण गरेको बताइएको छ। यस कार्यक्रमलाई सफल बनाउन रुखका विरुवाहरू समितिलाई प्रदान गरेर सहयोग गर्न हुने वन विभागका सम्बन्धित अधिकारीहरूप्रति समितिले कृतज्ञता प्रकट गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş