सीएए अनि एनआरसी-को विरोधमा तृणमूलद्वारा धरना प्रदर्शनी

सिलगढी : सीएए अनि एनआरसी-को विरोधमा आज तृणमूल कांग्रेसले सिलगढी नगरनिगमको 39 नम्बर वार्डमा एक दिने धरना प्रदर्शनी गर्यो। आज बिहान 10 बजीदेखि 39 नम्बर वार्डमा तृणमूल कांग्रेसका स्वपन दासको नेतृत्वमा स्वामी विवेकानन्दको मूर्ती अघि सीएए अनि एनआरसी-को विरोधमा धरना प्रदर्शनी गरिएको हो। धरना प्रदर्शनीमा सामेल तृणमूलका कार्यकर्ताहरूले नो एनआरसी, नो सीएए, अनि नो एनपीआर-को नारा लगाउँदै केन्द्र सरकारलाई उक्त कानुन फिर्ता लिने माग गर्नको साथै यदि यसो नभएको खण्डमा वृहत आन्दोलनमा ओर्लिने चेताउनी समेत दिएका छन्। मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा  तृणमूल कांग्रेसका कार्यकर्ताहरूले लगातार यस कानुनको विरोध गरिरहेको साथै उक्त धरना प्रदर्शनी आज दिनभरि नै चल्ने तिनले बताए। धरना प्रदर्शनीमा स्वपन दासलगायत धेरै संख्यामा तृणमूल कांग्रेसका कार्यकर्ताहरू उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *