सीएए अनि एनआरसी-को  समर्थनमा भाजपाद्वारा जागरूकता अभियान

खोरीबारी : भारतीय जनता पार्टी खोरीबारी बुढ़ागञ्ज मण्डलको तर्फबाट विभिन्न क्षेत्रहरूमा सीएए र एनआरसीको समर्थनमा मानिसहरूमा जागरूकता फैलाउने उद्देश्य लिएर निरन्तर जनसम्पर्क अभियान चलाइरहेको छ। यसै क्रममा गत बिहिबार खोरीबारी पानीसाली ग्राम पञ्चायतको बुथ संख्या 27/88, 89, 90मा जनसम्पर्क अभियान चलाइयो। उक्त अभियानमा नेशनल काउन्सिल सदस्य गणेश देवनाथ, मण्डल उपाध्यक्ष अरुण दास, जेनरल सेक्रेट्री शक्ति जय बारोई, महिला मोर्चा अध्यक्ष सुलाता सरकार, रतन हांसदा, वसन्त गणेश, किसान मोर्चाका अध्यक्ष प्रदीप बर्मनलगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


सीएए अनि एनआरसी जनहितमा रहे तापनि विरोधी पार्टीहरूले भोट ब्याङ्कको लागि यसबारे भुल प्रचार गरिरहेको नेशनल काउन्सिल सदस्य गणेश देवनाथले बताए। यसैले भारतीय जनता पार्टी खोरीबारी मण्डलको तर्फबाट पञ्चायतको विभिन्न क्षेत्रहरूमा जागरूकता अभियानको आयोजना गरेर मानिसहरूमा सीएए अनि एनआरसीबारे जागरूकता फैलाइरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *