चालकहरूको समस्याहरू लिएर जीटीए चेयरम्यानसित भेटभाट

खरसाङ : खरसाङ महकुमा अन्तर्गत घैयाबारी लगायत तीनधारेका तीनै वटा ट्याक्सी सेण्डीकेटले जीटीए चेयरम्यान अनित थापासँग चालकहरूको विभिन्न समस्याहरू लिएर भेटवार्ता गऱ्यो। उक्त भेट अवधि विशेष गरेर घैयाबारीदेखि खरसाङसम्मको लिक रोड गिद्ध पहाड भएर चल्ने बाटोको बन्द अवस्था बिषयमा चर्चा गरियो। यसपालीको वर्खाको समय घैयाबारी भएर गिध्द पहाड़ हुँदै खरसाङसम्म पुग्ने ओल्ड मिलिटेरी रोडमा पैह्रो गएपछि यो अहिलेसम्म बन्द छ। उक्त सड़क बन्द रहेकोले तीनधारे र घैयाबारी क्षेत्रका सबै गाड़ीहरू एनएच 55 भएर पगलाझोड़ा र महानदी हुँदै लामो बाटो भएर कुद्न पर्ने बाध्यता छ । उक्त विषयमा चालकहरूको संगठनद्वारा जीटीए चेयरम्यान अनित थापालाई जानकारी गराए। चालकहरूको गुनासो सुनेपछि जीटीए चेयरम्यान अनित थापाद्वारा घैयाबारीदेखि गिद्ध पहाड हुँदै खरसाङसम्म पुग्ने सड़कको 15 दिनभित्र मरमति गरेर खोलाउन विभागीय अधिकारीहरूसमक्ष निर्देशन दिएको घैयाबारी सेण्डीकेटको सभापति धिरेन खातीले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *