खरसाङ : चियाबारीका श्रमिकहरूको हक र अधिकारको लागि रणनीति तयार पार्न दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियन (डीटीडीपीएलयु)-ले आज खरसाङको महानदीमा गोजमुमो दुईको खरसाङ महकुमा समितिको पदाधिकारीवर्ग, डीटीडीपीएलयु खरसाङ महकुमा समिति र तीनधारे-महानदी समष्टिको जोनल कमिटीको पदाधिकारीहरूमाझ एउटा सभा सम्पन्न गऱ्यो। उक्त सभामा संगठनले भावी रणनीति तयार पारेको बताइएको छ। उक्त सभापछि डीटीडीपीएलयु-को तीनधारे-महानदी समष्टिभित्र पर्ने सबै युनिट कमिटीहरूलाई साङ्गठनिक रुपमा बलियो पार्ने निर्णय गर्दै जोनल कमिटीको अधीनस्थ रहेका सबै 12 वटै युनिट कमिटीलाई लिएर साङ्गठनिक सभा गरिने भएको छ। उक्त सभा आगामी 8 अगस्त अपरान्ह्र 1 बजेदेखि महानदीमा गरिने भएको छ। उक्त सभामा गोजमुमो खरसाङ महकुमा समितिको साङ्गठनिक सचिव राजीव थापा, महकुमा उपसभापति प्रेम प्रधान, डीटीडीपीएलयु-का केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, केन्द्रीय सहसचिव राजेस थापा, डीटीडीपीएलयु खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ, उप सभापतिद्वय जनक छेत्री र राजेन प्रधान, तीनधारे महानदी समष्टी जोनल सभापति गणु छेत्री उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै डीटीडीपीएलयु तीनधारे-महानदी समष्टि जोनल कमिटीका सभापति गणु छेत्रीले विस्तृत रूपमा जानकारी गराएका छन्।
चियाबारीका श्रमिकहरूको हक र अधिकारको लागि खरसाङको महानदीमा डीटीडीपीएलयु-को सभा

Share this story
More from Political News
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन
नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत…
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
