गाड़ीधुरा : आगामी विधानसभा चुनाउलाई लिएर हिल तृणमूल कङ्ग्रेसले कस्तो निर्णय लिने अथवा पार्टीको भूमिका कस्तो रहनेछ भन्ने विषयमा आज पार्टीका सबै क्षेत्रका प्रतिनिधिहरूलाई लिएर खरसाङ खण्डको गाड़ीधुरामा एउटा बैठक बस्यो। सभापछि पत्रकारहरूसँग कुराकानी गर्दै पार्टी प्रवक्ता एनबी खवास, अध्यक्ष एलबी राई अनि युवा अध्यक्ष दिनेश गुरूङले पार्टीको हाई कमाण्डको निर्णयलाई सबैले मान्नु पर्ने बताए। तिनीहरूले पहाड़मा तृणमूल कङ्ग्रेसले कुन पार्टीलाई सघाउने भन्नेबारे आगामी केही दिनमा अर्को सभा गरेर बताइने जानकारी दिए। आजको सभा केवल पार्टी कार्यकर्ताहरूको विचारलाई बुझ्नको निम्ति राखिएको पनि बताए। पहाड़को दुईवटा जिल्लाका पार्टी प्रतिनिधिहरूलाई लिएर बसिएको सभामा विशेष गरेर पहाड़को तीनवटा आसनमा गठबन्धन भएर बस्ने जुन निर्णय दिएको थियो पार्टी हाई कमाण्डबाट त्यसलाई हेरेर पार्टीका केही कार्यकर्ताहरूले निर्दल उम्मेदवारको रूपमा चुनाउ लड़ने बताएपछि त्यसको समाधान गर्न पनि आजको बैठक बसिएको बताउँदै बैठकमा कोही पनि पार्टी कार्यकर्ता चुनाउमा खड़ा नहुने औ पार्टीको निर्देश अनि आचार संहिताको पालन गरिदिने आग्रह गरिएको तिनीहरूले बताए। तृणमूल कङ्ग्रेस पहाड़मा अहिले पनि संगठित रहेको उल्लेख गर्दै यहाँको तीनवटा विधानसभा आसनमा कम्तीको पनि तीसदेखि पैतीस हजार भोट रहेको उल्लेख गर्दै त्यही भोट चुनाउको निम्ति फ्याक्टर हुने पनि जनाए। चुनाउमा जुन दलले जित्छ, त्यसैलाई लिएर निर्णायक फ्याक्टर हुने समेत अवगत गराए।
चुनाउमा तृणमूल कङ्ग्रेसको भूमिकालाई लिएर गाड़ीधुरामा बैठक

Share this story
More from Political News
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन
नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत…
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
