चुनाउमा तृणमूल कङ्ग्रेसको भूमिकालाई लिएर गाड़ीधुरामा बैठक

गाड़ीधुरा : आगामी विधानसभा चुनाउलाई लिएर हिल तृणमूल कङ्ग्रेसले कस्तो निर्णय लिने अथवा पार्टीको भूमिका कस्तो रहनेछ भन्ने विषयमा आज पार्टीका सबै क्षेत्रका प्रतिनिधिहरूलाई लिएर खरसाङ खण्डको गाड़ीधुरामा एउटा बैठक बस्यो। सभापछि पत्रकारहरूसँग कुराकानी गर्दै पार्टी प्रवक्ता एनबी खवास, अध्यक्ष एलबी राई अनि युवा अध्यक्ष दिनेश गुरूङले पार्टीको हाई कमाण्डको निर्णयलाई सबैले मान्नु पर्ने बताए। तिनीहरूले पहाड़मा तृणमूल कङ्ग्रेसले कुन पार्टीलाई सघाउने भन्नेबारे आगामी केही दिनमा अर्को सभा गरेर बताइने जानकारी दिए। आजको सभा केवल पार्टी कार्यकर्ताहरूको विचारलाई बुझ्नको निम्ति राखिएको पनि बताए। पहाड़को दुईवटा जिल्लाका पार्टी प्रतिनिधिहरूलाई लिएर बसिएको सभामा विशेष गरेर पहाड़को तीनवटा आसनमा गठबन्धन भएर बस्ने जुन निर्णय दिएको थियो पार्टी हाई कमाण्डबाट त्यसलाई हेरेर पार्टीका केही कार्यकर्ताहरूले निर्दल उम्मेदवारको रूपमा चुनाउ लड़ने बताएपछि त्यसको समाधान गर्न पनि आजको बैठक बसिएको बताउँदै बैठकमा कोही पनि पार्टी कार्यकर्ता चुनाउमा खड़ा नहुने औ पार्टीको निर्देश अनि आचार संहिताको पालन गरिदिने आग्रह गरिएको तिनीहरूले बताए। तृणमूल कङ्ग्रेस पहाड़मा अहिले पनि संगठित रहेको उल्लेख गर्दै यहाँको तीनवटा विधानसभा आसनमा कम्तीको पनि तीसदेखि पैतीस हजार भोट रहेको उल्लेख गर्दै त्यही भोट चुनाउको निम्ति फ्याक्टर हुने पनि जनाए। चुनाउमा जुन दलले जित्छ, त्यसैलाई लिएर निर्णायक फ्याक्टर हुने समेत अवगत गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *