कन्स्टेबलको परीक्षामा नकल गरेको आरोपमा युवक पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटनको प्रधान नगर थाना पुलिसले कन्स्टेबल परीक्षामा नकल गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक कुचबिहार निवासी विश्वजीत बर्मनको रूपमा चिन्हित गरिएको छ। पुलिसले उक्त युवकबाट मोबाइल, चिप उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार आइतबार सिलगढी वेस्ट बङ्गाल कन्स्टेबल पुलिसको लिखित परीक्षा थियो। यसै क्रममा सिलगढी नगरनिगमको तीन नम्बर वार्ड गुरुङ बस्ती इलाकास्थित सिलगढी देशबन्धु हिन्दी हाई स्कुलमा कन्स्टेबलको परीक्षा दिन जाँदा पुलिसले विश्वजीत बर्मन नामक युवकको छानबीन गर्दा केही नभेट्टाएको तर परीक्षा चलिरहेको समय पुलिसले उक्त युवकबाट मोबाइल र सिम उद्धार गरेको बताइएको छ। परीक्षा हलमा इलेक्ट्रोनिक डिभाइसको सहयोगमा परीक्षा दिने प्रयास गरिरहेको समय पुलिसले उक्त युवकलाई पक्राउ गरेर प्रधान नगर थानामा लगे। आज आरोपी युवकलाई सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibom