खरसाङ (निसं): विश्व पर्यावरण दिवसको अवसरमा क्राई एनजीओ-द्वारा खरसाङको रोहिणी चियाकमानमा रुखका विरुवा रोपण गरियो। बगान बाबु थेबा बल, सामाजिक कार्यकर्ता अनिमा खवास, रतन दर्जी, निवास तामाङलाई यस कार्यक्रम सफल पारिदिएकोमा संगठनको पक्षबाट विशेष आभार प्रकट गरियो। यसै कार्यक्रममा स्थानीय नानीहरूले कविता वाचन गरेर प्रकृतिलाई बचाउने सन्देश पनि दिए।
संस्थाकी स्वयंसेवी शिक्षिका पुजा कालिकोटेले कार्यक्रमको अन्त्यमा सबैलाई धन्यवाद दिँदै जन्म दिनको अवसरमा सबैले चकलेट बाँढ्नुको बद्ली कम्तीमा पनि एउटा विरुवा रोप्ने प्रयास गरौं ताकि हाम्रो मातृ प्रकृति सधैं हरियाली र सुन्दर रहोस् भनी आग्रह गरिन्। तिनले रुख बचाऊँ, हाम्रो प्राण बचाऊँ भन्ने भनाइलाई अघि राख्दै संस्थाको पक्षबाट सबैलाई विश्व पर्यावरण दिवसको शुभकामना दिइन्।