दार्जिलिङमा गोरामुमोको भातृ संगठन गोर्खा राष्ट्रिय युवा मोर्चाको सभा

दार्जिलिङ (निसं) : गोरामुमोको भातृ संगठन गोर्खा राष्ट्रिय युवा मोर्चाको सभा गोरामुमो केन्द्रीय कार्यालय दार्जिलिङमा सम्पन्न भयो। उक्त सभामा गोरायुमो दार्जिलिङ ब्राञ्च, खरसाङ ब्राञ्च, कालेबुङ ब्राञ्च र मिरिक ब्राञ्चका पदाधिकारीहरू उपस्थित थिए। गोरायुमो दार्जिलिङ ब्राञ्च कमिटीका अध्यक्ष सुरज छेत्री कटुवालको अध्यक्षतामा सम्पन्न भएको सभामा विभिन्न विषयहरूमा चर्चा परिचर्चा गर्नको साथै विशेष गरेर केन्द्र सरकारले दार्जिलिङ पहाड़को समस्या समाधान गर्नुपर्ने आवश्यकतामाथि विशेष जोड़ दिइयो। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा राष्ट्रिय युवा मोर्चाको प्रतिनिधिहरूले सभाको मुख्य उद्देश्य जनताले विश्वास गरेर 15 वर्षसम्म भाजपालाई तीनजना सांसदहरू दिन सफल भएको तर अहिलेसम्म पनि दार्जिलिङ पहाड़को समस्या लगायत जनताको समस्याहरू समाधान नभएको बताए। अब केन्द्र सरकारले झट्टै यहाँको गोर्खाहरूको समस्या समाधान गर्नुपर्ने अनि जनताको कुरा सुनेर गोर्खाहरूको समस्या समाधान हुनुपर्ने कुरामा गोरायुमो-ले जोड़ दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *