दिल्लीको धरना प्रदर्शनबाट फर्किए बिमल गुरूङहरू

सिलगढी : संसदमा अधिवेशन चलिरहेको अवधिमै गोर्खा जनमुक्ति नारी मोर्चा-को आयोजनामा दिल्लीको जन्तरमन्तरमा सम्पन्न तीन दिवसीय धरना प्रदर्शनमा अंश ग्रहण गरेपछि आज गोजमुमो अध्यक्ष बिमल गुरूङ दार्जिलिङ फर्किए। यसभन्दा अघि बाघडुग्रा विमानअड्डामा ओर्लिएपछि तिनले पत्रकारहरूसितको कुराकानीमा आफू दिल्लीमा सम्पन्न तीन दिने धरना कार्यक्रमबाट फर्किएको अवगत गराए। बीजेपीले गोर्खाहरूलाई 11 जनजातिको मान्यता अनि पीपीएस अर्थात् स्थायी राजनैतिक समाधान गरिदिने घोषणापत्र मार्फत् गोर्खाहरूलाई दिएको वचन अझसम्म पुरा नभएपछि केन्द्रको सत्तारूढ बीजेपी सरकारलाई आफूहरूको माग बारे झकझकाउनको लागि नै उक्त धरना कार्यक्रमको आयोजना गरिएको थियो भनी तिनले बताए। तिनले दिल्लीको धरना कार्यक्रम सफल रहेको दावी गरे। यसैगरी, आगामी वर्ष सम्पन्न हुने लोकसभा चुनाउलाई लिएर अहिले नै कुनै प्रकारको मन्तव्य प्रकट गर्न बिमल गुरूङले चाहेनन्। समय, परिस्थिति अनि काललाई विचारेर नै उक्त लोकसभा चुनाउबारे पार्टीले निर्णय लिइने तिनले बताए। स्मरण रहोस्, दिल्ली धरना प्रदर्शनबाट बिमल गुरूङ सँगै महासचिव रोशन गिरी लगायत नारी मोर्चाका नेत्रीहरू पनि फर्किए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş