दिल्लीमा आपको जीत पछि कालेबुङमा पनि पड्कियो पटेका

कालेबुङ: दिल्लीमा आम आदमी पार्टीको विजयलाई देशमा राजनीतिको नयाँ आयम मान्दै कालेबुङमा पनि स्थानीय सचेत युवाहरूले पटेका पड्काएर खुशयाली मनाए। राजनीतिमा घृणा र साम्प्रदायिकतालाई हटाएर उपलब्धिको राजनीति गर्ने सन्देश दिल्लीले दिएको तिनीहरूको भनाई रहेको छ। यहि उदाहरणलाई देशव्यापी बनाउनु पर्ने आवश्यकता रहेको दावी गर्दै पहाडमा पनि अब आश्वासन होईन तर अब उपलब्धिको जीत हुनपर्ने तथा जनताले दिल्लीलाई हेरेर सोंचमा परिवर्तन ल्याउनुपर्ने सन्देश साझा गर्न नै कालेबुङमा यसरी खुशीयाली मनाइएको ती युवाहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.