डुवर्सको रायमाटाङ चिया बगानमा श्रमिकहरूद्वारा गेट मीटिङ, भोक हडताल जारी

बानरहाट (निसं): डुवर्सको कालचिनी ब्लकको रायमाटाङ चिया बगानमा श्रमिकहरूको आन्दोलन जारी रहेको छ। रायमाटाङ चिया बगानका सेवानिवृत्त कर्मचारीहरू गत नौ दिनदेखि भविष्य निधि अनि ग्रेच्युटीको भुगतान गरिनु पर्ने मागलाई लिएर क्रमिक भोक हडतालमा छन्। डुवर्सको रायमाटाङ चिया बगानमा आज मंगलबार बिहान श्रमिकहरूले गेट मीटिङको आयोजना गरे। उक्त गेट मिटिङ अवधि श्रमिकहरूसँगै बगानका सबै श्रमिक संगठनका नेताहरू पनि उपस्थित थिए।



अर्कोतिर, रायमाटाङ चिया बगानका श्रमिकहरूको विविध समस्यालाई लिएर श्रम विभागले आज सिलगढीको श्रमिक भवनमा त्रिपक्षीय बैठक बोलाएको थाहा लागेको छ। उक्त गेट मीटिङ पछि श्रमिक नेताहरू त्रिपक्षीय बैठकमा भाग लिनका लागि सिलगढी प्रस्थान गरेका छन्। आजको त्रिपक्षीय बैठकमा यदि श्रमिकहरूको समस्याको समाधान नभए श्रमिक संगठनकता नेताहरूले वृहत आन्दोलन गर्ने चेतावनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCELcasibom girişcasibomgrandpashabet giriş