डीटीडीपीएलयु-का प्रतिनिधि टोलीको घैयाबारी कमानका मूल प्रबन्धकसित भेट

मिरिक: गोर्खा जनमुक्ति मोर्चा विमल गुरूङ खेमाको भातृ संगठन डीटीडीपीएलयु (दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन)-को घैयाबारी चियाबगानको चारवटा प्रशाखाका प्रतिनिधिहरूलाई लिएर गठन गरिएको शाखा समितिले मोर्चा नेता पुर्णसिंह राईको नेतृत्वमा घैयाबारी चियाबगान मूल प्रबन्धक दिनेश कटौजसँग सौहार्द्रपूर्ण भेटघाट गरेर परिचय आदान-प्रदान गऱ्यो। यस अवसरमा श्रमिकहरूको समस्या लिएर चार्ट अफ् डिमाण्ड पेश गरिने विषयमाथि चर्चा गरियो। श्रमिकहरूको हक, अधिकार तथा साहुलियतहरूमाथि छलफल गर्दै वर्षको चार्ट अफ् डिमाण्डमाथि पनि वार्तालाप गरिएको बताइएको छ। यस भेटघाट एवम् परिचय कार्यक्रममा युनियनका अध्यक्ष ऐतराज राई, उपाध्यक्ष जीवन तामाङ, बीरमान राई, मूलसचिव सरोज राई, सह-सचिव हरिशचन्द्र छेत्री, कोषाध्यक्ष सञ्जय थापा, सहकोषाध्यक्ष सुरेश तामाङ, मन्दिप तामाङ, मानसिङ तामाङ र मानध्वज राई लगायत सदस्यहरु रवीन सार्की, सवित तामाङ, निश्चल तामाङ, हेमकुमार तामाङ, सन्तकुमार राई, साङ्गे मोक्तान, अर्पण छेत्री, विनय राई र समीर प्रधानको उपस्थिति रहेको युनियनका मूल सचिव सरोज राईले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *