मिरिक: गोर्खा जनमुक्ति मोर्चा विमल गुरूङ खेमाको भातृ संगठन डीटीडीपीएलयु (दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन)-को घैयाबारी चियाबगानको चारवटा प्रशाखाका प्रतिनिधिहरूलाई लिएर गठन गरिएको शाखा समितिले मोर्चा नेता पुर्णसिंह राईको नेतृत्वमा घैयाबारी चियाबगान मूल प्रबन्धक दिनेश कटौजसँग सौहार्द्रपूर्ण भेटघाट गरेर परिचय आदान-प्रदान गऱ्यो। यस अवसरमा श्रमिकहरूको समस्या लिएर चार्ट अफ् डिमाण्ड पेश गरिने विषयमाथि चर्चा गरियो। श्रमिकहरूको हक, अधिकार तथा साहुलियतहरूमाथि छलफल गर्दै वर्षको चार्ट अफ् डिमाण्डमाथि पनि वार्तालाप गरिएको बताइएको छ। यस भेटघाट एवम् परिचय कार्यक्रममा युनियनका अध्यक्ष ऐतराज राई, उपाध्यक्ष जीवन तामाङ, बीरमान राई, मूलसचिव सरोज राई, सह-सचिव हरिशचन्द्र छेत्री, कोषाध्यक्ष सञ्जय थापा, सहकोषाध्यक्ष सुरेश तामाङ, मन्दिप तामाङ, मानसिङ तामाङ र मानध्वज राई लगायत सदस्यहरु रवीन सार्की, सवित तामाङ, निश्चल तामाङ, हेमकुमार तामाङ, सन्तकुमार राई, साङ्गे मोक्तान, अर्पण छेत्री, विनय राई र समीर प्रधानको उपस्थिति रहेको युनियनका मूल सचिव सरोज राईले बताएका छन्।
डीटीडीपीएलयु-का प्रतिनिधि टोलीको घैयाबारी कमानका मूल प्रबन्धकसित भेट

Share this story
More from Political News
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन
नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत…
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
